आगामी तीन दिनको मौसम : कहाँ-कहाँ हुँदैछ वर्षा?

आदर्श अनलाइन, काठमाडौँ
हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।

जसका कारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज राति भने लुम्बिनी, गण्डकी, बागमती, मधेश प्रदेश र प्रदेश १ मा पनि आंशिकदेखि सामान्य बदली रहने र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि र पर्सि प्रदेश नं १, मधेश, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *