तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई

आदर्श अनलाइन, म्याग्दी

रघुगंगामा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माध्यमिक विद्यालयले जितेको छ । रघुगंगा गाउँपालिका–३, पिप्पलेमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै रघुगंगा माविले प्रथम स्थान हासिले गरेको हो ।

रघुगंगा माध्यमिक विद्यालयले यस अगाडीका दुवै राष्ट्रपति रनिङ शिल्डको उपाधि पनि हात पारेको हुनाले रनिङ शिल्डलाइ आफ्नो बनाएको छ । प्रतियोगितामा ५ स्वर्ण, १३ रजत र ४ कास्य पदक सहित मुक्तिधाम मावि भगवति दोस्रो र ३ स्वर्ण, २ रजत र ३ कास्य पदक सहित अमर मावि पाखापानीले तेश्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ५० हजार, द्वितियले ३० हजार र तृतीय हुने विद्यालयले २० हजार रुपियाँ नगद सहित, ट्रफि प्राप्त गरेका छन् । रघुगंगा माध्यमिक विद्यालयले लगातार तीन पटक नै बिजेता बन्न सफल भएसँगै अब रघुगंगा गाउँपालिकाले अर्को वर्ष आयोजना हुने राष्ट्रपति रनिङ शिल्डका लागि नयाँ शिल्ड बनाउनु पर्ने भएको छ ।

प्रतियोगिताको हरेक विद्यामा स्वर्ण, रजत र कास्य पदक बिजेता खेलाडीलाई नगद एक हजार रुपैया, सात सय र सय सय रुपिया नगद पुरस्कार पनि उपलब्ध गराएको गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो । प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको उहाँले जानकारी दिनुभयो ।

समापन कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन, गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदी, वडा नम्बर ३ का वडा अध्यक्ष खिमबहादुर शाही लगायतले पदक विजेता खेलाडी र उपाधि बिजेता विद्यालयलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *