सिंगा तातोपानीबाट पहिलो पटक बैंङ्कीङ कारोवार शुरु

आदर्श अनलाइन, बागलुङ

म्याग्दीको सिंगा तातोपानीबाट ग्लोबल आईएमई बैंक लिमिटेडले एक्सटेन्सन काउण्टर स्थापना गरेर कारोबार शुरु भएको छ । बेनी बजार बाट मात्रै बैंकहरु रहेकोमा ग्लोबल आइएमइले तातोपानीबाट एक्सटेन्सन काउन्टर मार्फत कारोबार शुरु गरे सँगै छिमेकी मंगला गाउँपालिकाका बासिन्दा तथा तातोपानी कुण्डमा आउने पर्यटकहरुलाइ पनि सहज हुने देखिएको छ ।

६३ औं एक्सटेन्सन काउण्टरको उद्घाटन गरी औपचारिक रुपमा सञ्चालनमा ल्याइएको ग्लोबल आईएमई बैंकले जनाएको छ । काउण्टरको उदघाट्न गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले वित्तीय संस्थाको पहुँचले बचत गर्ने बानीको विकास हुने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा बसोबास गर्नेलाई वित्तीय पहुँचसँगै दैनिक मजदुरी गर्नेहरूलाई समेत बचत गर्ने बानीको विकास गराउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रमोद श्रेष्ठले ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउण्टरले तातोपानीमा स्नान गर्न आउने बिरामी, आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज हुने बताउनुभयो । कार्यक्रममा सिङ्गाका वडा सदस्य प्रेम पुन र तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले वाणिज्य बैंकको सेवा विस्तारले स्थानीयवासीलाई कारोबारमा सहज हुने बताउनुभयो ।
ग्लोबल आईएमई बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख महेश सिलवालले सबै जिल्ला र व्यापारिक केन्द्रमार्फत सर्वसाधारणलाई वित्तीय पहुँचमा राख्ने बैंकको लक्ष्यअनुसार अगाडि बढेको जानकारी दिनुभयो ।

कार्यक्रम बेनी शाखा प्रवन्धक शोकेन्द्र थापाको अध्यक्षता, प्रदेश प्रमुख ईश्वरीप्रसाद जोशीको स्वागत र बागलुङ शाखाका प्रवन्धक हेमराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आईएमईले बैंक अफ काठमाण्डौलाई मर्जर गरेपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा समेत एक्सटेन्सन काउण्टर विस्तार गरेको छ । बैंकको हाल देशरभर ३ सय ६५ वटा शाखा, २ सय २१ शाखारहित बैङ्किङ सेवा सञ्चालनमा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *