शिक्षक संघ बागलुङ नगरको अध्यक्षमा बलराम रिजाल

आदर्श अनलाइन, बागलुङ
नेपाल शिक्षक संघ बागलुङ नगरपालिकाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बलराम रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

रिजाल बागलुङ नगरपालिका–१३ पैयुँपाटाको त्रिभुवन माध्यामिक विद्यालयका शिक्षक हुन । समितिको उपाध्यक्षमा घनश्याम रिजाल, महिला उपाध्यक्षमा अनिता पौडेल, सचिवमा रेशम नेपाली, सचिव अर्थमा लोक बहादुर खड्का, सहसचिवमा रामकृष्ण पौडेल, टिका घर्तिमगर, निरमाया परियार, राजेन्द्र सापकोटा, र अम्बिका गिरि सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रराज पन्तले जानकारी दिए ।

समितिको सदस्यहरुमा लक्ष्मीदेवी शर्मा, ठाकुर प्रसाद रिजाल, सुर्या कुमारी जिसीकेसी रहेका छन । अधिवेशनले वडा संयोजकहरु पनि तोकेको छ । वडा संयोजकहरुमा वडा नं. ८ मा विशाल परियार र वडा नं. ९ मा माया थापा वडा नं. १० मा खगराज रिजाल वडा नं. ११ मा छायादत्त चपाई वडा नं. १२ मा शिव शर्मा लामिछाने, वडा नं. १३ मा महेन्द्र अधिकारी, रहेका छन ।

अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष एवं बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ नगर भित्रका विद्यालयको शैक्षिक गुणस्तर सुधारका निम्ती नगरपालिकाले विभिन्न रणनिति तय गरेको बताए । उनले नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणाका काम अगाडी बढेका हुँदा यसलाई सफल पार्न सवै शिक्षकहरुको महत्वपुर्ण भुमिका हुने बताए । श्रेष्ठले सबै विद्यालयलाई नमुना विद्यालय बनाउन आफुले पहल गर्ने बताएका थिए ।

शिक्षकका हरेक समस्या भनेको मेरो पनि समस्या हो म त्यही सोचेर काम गर्छु । श्रेष्ठले भने,–‘हामी कुरामा भन्दा पनि काममा विश्वास गछौं । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई कसरी अगाडी बढाउन सकिन्छ सवै शिक्षक अभिभावक सँग छलफल गछौं सोही अनुसारको कार्ययोजना बनाएर अगाडी बढ्छौं । उनले शिक्षकहरु विभिन्न संघ संगठनमा आवद्ध भएता पनि विद्यालय हाता भित्र कुनै राजनिति प्रतिशोध नराखी आफ्नो कर्ममा लाग्नका लागि आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल शिक्षक संघ बाग्लुङका जिल्ला अध्यक्ष उमाकान्त पौडेलले शिक्षकका हरेक समस्यालाई समाधान गर्न तर्फ जनप्रतिनिधिले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचीव तथा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, काँग्रेसका महाधिवेशन प्रतिनिधि नारायण शर्मा पौडेल, काँग्रेसका जिल्ला सदस्य जगन्नाथ आचार्य, नेपाल शिक्षक युनियनका पुर्व अध्यक्ष गोपाल कुमार शर्मा, नेपाल ट्रेड युनियन काँग्रेस बागलुङका अध्यक्ष ईश्वर ठाकुर पौडेल, नेपाल दलित संघ गण्डकी प्रदेश उपाध्यक्ष तारा बहादुर बिक, नेपाल शिक्षक संघ जिल्ला उपाध्यक्ष सीता शर्मा, बलेवा पैयुपाटा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ज्ञानेन्द्रराज पन्त लगायतले अधिवेशनको सफलताको कामना गरेका थिए ।

कार्यक्रममा २०७८ सालको एसईईमा सामुदायिक विद्यालय तर्फ बाग्लुङ नगरपालिकामा उत्कृष्ट दुइ विद्यार्थीहरु मनिसा परियार र अमृत लामिछाने लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संगठनको आर्थिक प्रतिबेदन अर्थ सचीव घनश्याम रिजाल प्रस्तुत गरेका थिए । नेपाल शिक्षक संघका बागलुङ नगरका अध्यक्ष कुमार उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष प्रेम प्रसाद पौडेल र संचालन सचिव रेशम नेपालीले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *