प्रेस सेन्टर बागलुङद्वारा बालबालिकाको नि:शुल्क आँखा परिक्षण

आदर्श अनलाइन, बागलुङ

प्रेस सेन्टर नेपाल बागलुङले बागलुङ बजार स्थित बिद्यामन्दिर बिद्यालयका बालबालिकाको आँखा जाँच गरेको छ ।

आफ्नो १९ औ स्थापना दिवसका अवसरमा बिद्यार्थी, शिक्षक र पत्रकार गरी १ सय ३६ जनाको आँखा जाँच गरेको प्रेस सेन्टर बागलुङका अध्यक्ष थम्मन थापाले जानकारी दिनुभयो । आँखाको सफल चस्मा पसल तथा आखा क्लिनिकका नेत्र सहायक प्रबन्धक गणेस महतोले परिक्षण गर्नुभएको थियो । परिक्षण गरिएका मध्य ११ जनामा आँखाका समस्या देखिएको महतोले बताउनुभयो ।

सो अवसरमा बोल्दै नेकपा माओबादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले पत्रकारहरुले राष्ट्रियता र जनजिविकाको पक्षमा कलम चलाउनुपर्ने बताउनुभयो । मुलुक लाई सहि तरिकाले अगाडी बढाउनका लागि पत्रकारको भुमिका महत्वपुर्ण हुने भन्दै उहाँले” पिछडिएको वर्ग र क्षेत्रका आवाज संचारमाध्यमको माध्यमबाट बाहिर आउनुपर्नेमा जोड दिनुभयो । गैरेले नेपालको राजनीतिक परिवर्तनमा प्रेस सेन्टरले खेलेको भूमिका विर्सन नहुने बताउनु भयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले देश र समाजको विकासको लागि संचारकर्मी र संचार माध्यमको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

सो अवसरमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मुकेशचन्द्र राजभण्डारी, बिद्यामन्दिर माबिका सहायक प्रधानाध्यापक छविरमण रेग्मी, नागरिक संचार प्रालिका अध्यक्ष माधव शर्मा, नेपाल पत्रकार महासघं बागलुङ शाखाका कार्यबाहक अध्यक्ष नविन शिसिर बिक र प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष बद्रि प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापाको अध्यक्षता, केन्द्रिय सदस्य कोपिला कँडेलको स्वागत मन्तव्य र सचिव खनिष खातीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *