चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सवको तयारी तीब्र


आदर्श अनलाइन, पोखरा
पोखरा महानगरपालिका २३ मा रहेको चापाकोट देउरालीमा तेश्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृटिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही माघ २४ देखी २८ गते सम्म महोत्सवको आयोजना हुने चापाकोट पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भिम पराजुलीले जानकारी दिनुभयो । पोखरा २३ का प्रकृतिक धार्मिक सामाजिक तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने, पर्यटन पर्यावरण विकास गर्ने, स्वरोजगार निर्माण गरि जनताको आय आर्जनमा वृद्धी ल्याउने लगायतको उदेश्यको साथ महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवमा २५ हजार भन्दा बढीले अवलोकन गर्ने र विभिन्न प्रतियोगिता समेत आयोजना गरिने भएको छ । जस अन्तर्गत नौमती बाजा प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, पुरुष दौड प्रतियोगिता, बाल नृत्य प्रतियोगिता, दुना टपरी गांस्ने प्रतियोगिता र झांकी प्रतियोगिता हुने चापाकोट पर्यटन प्रवद्र्धन समितिका सचिव घनश्याम पराजुलीले जानकारी दिनुभयो ।

नौमती बाजा प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ । भजन प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ । रत्यौलि प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।
पुरुष दौड प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार रुपैयाँ तितृय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । महिला दौड प्रतियोगिमा पहिलो हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार रुपैयाँ तितृय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

बाल नृत्यमा पहिलो हुनेलाई २ हजार ५ सय सुपैयाँ द्धितिय हुनेलाई २ हजार रुपैयाँ तितृय हुनेलाई १ हजार ५ सय रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । दुना टपरी बुन्ने प्रतियोगितामा प्रथमहुनेलाई २ हजार द्धितिय हुनेलाई १ हजार ५ सय तितृय हुनेलाई १ हजार र सान्तवना हुनेलाई ५ सय रुपयाँले सम्मान गरिने भएको छ । झाँकी प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार तितृय हुनेलाई २ हजार रुपैयाँ र सान्तवना हुनेलाई १ हजार रुपैयाँले सम्मान गरिएको छ । घैटो फुटाउने प्रतियोगितामा पहिलो हुनेलाई १ हजारले सम्मान गरिने छ ।

पर्यटन क्षेत्रको विकासका लागि उक्त महोत्सवको आयोजना गरिएको र २५ लाख खर्च अनुमान गरिएको र महोत्सवमा बचत भएको रकमले स्थानिय पर्यटन प्रवद्र्धको लागि खर्च गर्ने सचिव घनश्याम पराजुलीले जानकारी दिनुभयो ।

महोत्वसवमा स्थानिय उत्पादन लस्सी, जमौरा, कोदोको रोटी बिक्री वितरण गरिने छ । महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ । सह प्रयोजक चापाकोट देउराली सामुदायीक होमस्टे रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *