–आदर्श अनलाइन, बागलुङ
बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीको बिदाई गरिएको छ । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा अन्र्तगत नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत विकास विभागले बागलुङका दयानिधि ज्ञवाली सहित ५३ एसपीहरुको सरुवा गरेको थियो ।
एक वर्षदेखि जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी प्रमुखको भुमिकामा रहनुभएका ज्ञवालीको ज्ञवालीको काठमाण्डौ उपत्यका प्रहरी कार्यलय इन्टेलिजेसन शाखामा सरुवा भएको छ । सरुवा भएर जान लाग्नुभएका ज्ञवालीको एक कार्यक्रमका बीच विभिन्न संघ संस्था तथा स्थानीय पालिकाहरुले एकमुष्ठ बिदाई गरेका हुन् ।
ज्ञवालीलाई बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका, बडिगाड गाउँपालिका, बागलुङ उद्याृग वाणिज्य संघ, सामुदायिक प्रहरी गुठी, कालिका भगवती गुठी व्यवस्थापन समिति, सामुदायिक प्रहरी रामरेखा, पत्रकार महासंघ बागलुङ, बागलुङ जिल्लामा क्रियाशिला सात यातयात व्यवसायी, आदर्श सञ्चार सहकारी संस्था लगायतले मायाको चिनो, प्रशंसा पत्र सहित बिदाई गरिएको थियो ।
बिदाई कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, काठेखोला गाउँपालिका अध्यक्ष राजु थापा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल,पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नविन शिशिर बिक, उद्योग वाणिज्यसंघका अध्यक्ष नरेश कंडेल र सामिदायिक सेवा प्रहरी गुठीका अध्यक्ष लिला खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बिदाई कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रहरी उपरिक्षक ज्ञवालीले बागलुङका स्थानीयको सहयोगमा शान्ति शुरक्षा र अपराध नियन्त्रणमा सफल भएको बताउदै बागलुङ जिल्लाको मायालाई सदैव सम्झने बताउनुभयो । कार्यक्रम प्रहरी निरिक्षक भुपेन्द्र गिरीले सञ्चालन गर्नुभएको थियो ।
ज्ञवालीको विदाई पछि बागलुङको प्रहरी प्रमुखमा लागू औषध नियन्त्रण व्यूरो, अपराध अनुसन्धान तथा कारवाही शाखा, काठमाण्डौमा कार्यरत प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का आउनुहुने भएको छ ।