हिसान धौलागिरी कपको उपाधि चिल्ड्रेन लाईफलाई

रोहन जि.सी बागलुङ

सबिन मेमोरियल क्लब पोखराले आयोजना गरेको “प्रथम हिसान गण्डकी फुटसल प्रतियोगिता–२०७९“ अन्र्तगत धौलागिरी छनौट प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ इंग्लिस बोर्डिङ स्कुलले हात पारेको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीको संयोजन र सबिन मेमोरियल क्लब पोखराको आयोजनामा गण्डकी प्रदेश भित्र रहेका हिसानका सदस्य विद्यालयहरुका कक्षा ११ र १२ मा हाल अध्ययनरत विद्यार्थीहरु बीच आपसी मित्रताको भावना अभिप्रेरित गराउने उद्देश्यले आयोजना गरिएको “प्रथम हिसान गण्डकी फुटसल प्रतियोगिता–२०७९“ मा फ्युचर ब्राईटर आवासीय माध्यमिक विद्यालय बागलुङलाई २ को विरुद्ध १० गोल गर्दै चिल्ड्रेन लाईफले जित हासिल गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले उत्कृष्ट प्रर्दशन गरेका थिए । दुवै टिमको आक्रमक प्रस्तुतीले दर्शकहरुको माहोल तताएको थियो । प्रतियोगितामा चिल्ड्रेन लाईफको तर्फबाट थम्मन थापा (थोमस) ले ४ गोल, निश्चल महतले ३ गोल, राजिव खत्रीले २ र विविध थापा मगरले १ गोल गरेको थिए भने फ्युचर ब्राईटरको तर्फबाट सन्देश मगर र याम बहादुर थापाले समान १÷१ गोल गरेपनि हार व्यहोर्नु परेको हो ।

प्रतियोगिताको समापनमा बोल्दै प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति बागलुङका उपाध्यक्ष लोकेन्द्र के.सीले विद्मार्थीलाई खेलकुद जीवनमा आवश्यकका साथसाथै स्वस्थ रहने उपाय रहेको बताउनुभयो । के.सीले विद्मार्थीहरुलाई शिक्षामा र खेलमा उत्तिकै योगदान पु¥याउन आव्हान गर्नुभयो ।

कार्यक्रममा हिसान धौलागिरीका अध्यक्ष बालकृष्ण शर्मा, कोषाध्यक्ष नेत्रलाल न्यौपाने, सदस्य रामप्रसाद घिमिरे, रस आवर फुटसल प्रा.लिका रञ्जन खत्री लगायतले बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समापन कार्यक्रम सविन मेमोरियल क्लबका अध्यक्ष सञ्जय लिगलको अध्यक्षता, सदस्य सन्तोष पराजुलीको धन्यवाद र सदस्य जयेन्द्र भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।
खेलमा साविकको धौलागिरी अञ्चलका ४ टिमको सहभागिता रहेको रस आवर फुटसल प्रा.लिका व्यवस्थापक रोशन खत्रीले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिता रस हावर फुटसल बागलुङ नगरपालिका – ३, गुठी, बागलुङको मैदानमा सम्पन्न भएको खत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता टोलीले मेडल, ट्रफी र प्रमाण पत्र र उपविजेता टोलीले प्रमाण पत्र प्राप्त गरेको खत्रीले बताउनुभयो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडिको उपाधि चिल्ड्रेन लाईफ इंग्लिस बोर्डिङका थम्मन थापा (थोमस) ले हासिल गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *