५३ जना स्थायी शिक्षकहरु लाई नियुक्ती प्रदान


आदर्श अनलाइन, बागलुङ

जिल्ला शिक्षा तथा समन्वय ईकाई बागलुङले ५३ जना स्थायी शिक्षकहरु लाई नियुक्ती प्रदान गरि सम्बन्धीत पालिकामा पठाएको छ ।

शिक्षा सेवा आयोगले छनोट गरी शिक्षा तथा मानव स्रोत विकाशकेन्द्र, शिक्षा विकास निर्देशनालय मार्फत सिफारिस भै आएका निम्न माध्यमिक तहका स्थायी शिक्षकका उम्मेद्वारहरु नियुत्तिका साथ सम्बन्धीत पालिकामा पठाएको शिक्षा तथा समन्वय ईकाई बागलुङले जनाएको छ । जिल्ला शिक्षा तथा समन्वय ईकाई कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्थायी शिक्षक लाई पालिकामा पदस्थापनका लागि पठाएको जिल्ला शिक्षा तथा समन्वय ईकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो ।

शिक्षक सेवा आयोगको कात्तिक १५ को निर्णय अनुसार माध्यमिक तह शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन अनुसार स्थायी नियुक्तिका लागि सिफारिस भएका लाई सम्बन्धित पालिकामा पठाईएको हो ।

सो अवसरमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी गणेसप्रसाद पौडेलले आफ्नो कार्यक्षेत्रमा गएर अनुशासन पुर्वक काम गर्न आग्रह गर्नुभयो । शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउनका लागि शिक्षकहरुको महत्वपुर्ण हात हुने भन्दै पौडेलले” पेसागत मर्यादाका साथ पठनपाठन गराउन आग्रह गर्नुभयो ।

जिल्ला शिक्षा तथा समन्वय ईकाई प्रमुख कुश्मराज उपाध्यायले शिक्षकहरुको काम कर्तव्य र अधिकार बारे जानकारी दिनुभएको थियो । कार्यक्रममा शिक्षक संग सम्बन्धीत बिभिन्न सघं संगठनका प्रमुख तथा प्रतिनिधीले सहभागिता जनाएका थिए ।

कार्यक्रम जिल्ला शिक्षा तथा समन्वय ईकाई प्रमुख कुश्मराज उपाध्यायको अध्यक्षता, शाखा अधिकृत बिदुर शर्मा चापागाईको स्वागत मन्तव्य र प्रकाश सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *