मा.वि स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि यु.एस एकेडेमीलाई

रोहन जि.सी बागलुङ

लियो क्लब अफ धौलागिरिको आयोजनामा मा.वि स्तरीय हाजिरी जवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

हाजिरीजवाफ प्रतियोगितामा युएस एकेडेमी प्रथम, धौलागिरी वीरेन्द्र माध्यामिक विद्यालय दोस्रो र मुलपानी माध्यामिक विद्यालय तृतीय भएका छन् ।

कार्यक्रमको समापनपछि बोल्दै बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले विद्मार्थीको थप अन्य सिर्जना र प्रतिभालाई पहिचान गर्न अतिरिक्त क्रियाकलापको आयोजना गर्नु आवश्यक रहेको बताउनुभयो । उपप्रमुख खड्काले विद्मालयमा किताबी शिक्षा मात्र नभएर व्यवहारिक, समसामयिक ज्ञान सिकाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ धौलागिरिका प्रथम उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारी, रिजन चियर पर्सन ताल बहादुर कुँवर, हिसान धौलागिरीका अध्यक्ष बालकृष्ण शर्मा, ग्रेस एजुकेशनका शाखा प्रमुख ओमकार पौडेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतियोगितामा १६ वटा विद्यालय प्रतियोगिको रुपमा रहेको कार्यंक्रम संयोजक सुगम खड्काले जानकारी दिनुभयो । उक्त प्रतियोगिता फयुृचर ब्राइटर माविमा सम्पन्न भएको खड्काले बताउनुभयो ।

कार्यक्रम लियो क्लब अफ धौलागिरिका अध्यक्ष प्रवेश पौडेलको अध्यक्षतामा, क्लबका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक सुगम खड्काको स्वागत र लायन्स क्लब अफ र्धौलागिरिका द्धितीय उपाध्यक्ष गणेश महतोको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

preload imagepreload image