बागलुङमा तीन दिने अनवरत व्यवसायिक शिक्षा तालिम शुरु

आदर्श अनलाइन, बागलुङ
बागलुङमा ३ दिने अनवरत व्यवसायिक शिक्षा (सि.पि.इ) तालिम शुरु भएको छ । नेपाल अडिटर्स एशोसिएसन बागलुङको आयोजना तथा नेपाल अडिटर्स एशोसिएसन केन्द्रिय समितिको संयोजनमा शुक्रबार देखी तालिम शुरु भएको छ ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै नेपाल अडिटर्स एशोसिएसनका केन्द्रीय सदस्य भोलानाथ शर्माले तालिम लिए पश्चात सम्पुर्ण अडिटर्सले व्यवहारिक रुपमा वित्तिय सुशासन कायम गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । शर्माले अडिटर्सहरुले व्यवसायिक शिक्षालाई साथ राखेर काम गर्न आव्हान गर्नुभयो ।

कार्यक्रममा नेपाल अडिटर्स एशोसिएसनका गण्डकी प्रदेश अध्यक्ष पदमबन्धु पोख्रेल, चाटर्ड अकाउनटेन्ट अर्जुन कोसेली, नेपाल अडिटर्स एशोसिएसन पर्वतका अध्यक्ष शेषराज रेग्मी, म्याग्दीका अध्यक्ष नारायण प्रसाद सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रशिक्षण तालिममा साविकको धौलागिरी अञ्चलका ३ जिल्ला बागलुङ, पर्वत, म्याग्दीका करिब ५० जना अडिटर्सहरुको सहभागिता रहेको नेपाल अडिटर्स एशोसिएसन बागलुङका सचिव रामकृष्ण सापकोटाले जानकारी दिनु्भयो ।

तालिममा नेपाल अडिटर्स एशोसिएसनका गण्डकी प्रदेश अध्यक्ष पदमबन्धु पोख्रेल, चाटर्ड अकाउनटेन्ट अर्जुन कोसेलीले सहजीकरण गर्ने सापकोटाले बताउनुभयो । कार्यक्रम नेपाल अडिटर्स एशोसिएसन बागलुङका अध्यक्ष महादेव सापकोटाको अध्यक्षता, सचिव रामकृष्ण सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *