नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको ३३ औँ अधिवेशन शुरु

आदर्श अनलाइन, बागलुङ
नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको सभापतिका लागि दुई जनाको उमेदवारी परेको छ । सभापतिका लागि वर्तमान सभापति जब्बरबहादुर लामिछाने र जगन्नाथ आचार्यको उम्मेदवारी परेको हो ।

शाखाको उपसभापतिका लागि राजेन्द्र आचार्य र डिलबहादुर कार्कीको उम्मेदवारी परेको छ भने महिला उपसभापतिका लागि लक्ष्मी बोहोरा र सीता शर्माको उमेदवारी परेको छ । मन्त्रीका लागि भवानी प्रसाद कँडेल र ध्रुब केसीको उम्मेदवारी परेको छ । कोषाध्यक्ष लगायत अन्य पदका लागि पनि मनोनयन दर्ता भएको शाखाले जनाएको छ ।

यस अघि भएको ३३ औँ अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद तथा नेपाली काँग्रेसका सभापति जितबहादुर शेरचनले रेडक्रसकर्मीहरु ईमान्दार भएर मानवीय सेवामा लाग्नुपर्ने बताउनुभयो ।

रेडक्रस सामाजिक भावना बोकेको संस्था भएकाले यसको मर्मलाई बचाउनका लागि राजनीति र पुर्वाग्रहभन्दा माथि उठेर सहकार्यका साथ काम गर्नुपर्ने बताउनुभयो । त्यस्तै नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका महामन्त्रि रामदक्त पौडेलले रेडक्रसकर्मीहरु तटस्थ निष्पक्ष र मानविय सेवामा समर्पित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले नेता नवराज पौडेल, बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष नरेश कँडेल, गैरसरकारी संस्था महासघंका अध्यक्ष मुक्तिराम सापकोटा, बाटाकाचौर उपशाखाका सभापति मदनबहादुर कार्की र बुर्तिबाङ्ग उपशाखाका सभापति पुरण पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपमन्त्रि मेषलाल शर्माले प्रगति र कोषाध्यक्ष श्रीधर कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा जिल्लाका बिभिन्न उपशाखालाई सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरिएको थियो । उद्घाटन कार्यक्रम नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका सभापति जब्बरबहादुर लामिछानेको अध्यक्षता, उपसभापति उषा पौडेलको स्वागत, उपसभापति राजेन्द्र आचार्यको धन्यबाद मन्तव्य र उपमन्त्रि मेषलाल शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *