घरेलु स्यानीटरी प्याड बनाउने तालिम


आदर्श अनलाइन, बागलुङ

धौलागिरी एकिकृत ग्रामीण विकास केन्द्रको आयोजनामा तीन दिने घरेलु स्यानीटरी प्याड बनाउने तालिम शुरु गरिएको छ ।

सिलाईकटाई व्यवसायमा आबद्ध १० पालिकाका २१ महिलाहरुलाई आवसीय सहित तीन दिने तालिम दिन थालिएको हो ।

तालिमको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनपछि बोल्दै खड्काले महिलाहरुका लागि अत्यावश्यक रहेको स्यानीटरी प्याडमा वर्षेनी करोडौ रकम बाहिरिएको बताउदै घरेलु प्याड उत्पादनले खर्चको समेत बचत हुने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक हरिमाया घर्ती मगर, उपभोक्त मंच बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राखेका व्यक्त गर्नुभएको थियो ।


कार्यक्रम संस्थाका अध्यक्ष केबि राना मगरको अध्यक्षता, संस्थाका परियोजना संयोजक शालिकराम शर्माको स्वागत मन्तव्य र सचीव भुपाल चालिसेको सञ्चालनमा कार्यक्रम सम्पन्न गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *