लहरेपिपल माविको ६४ औँ वार्षिकोत्सव सम्पन्न

आदर्श अनलाइन, बागलुङ
लहरेपिपल मावि बा.न.पा – ६ को ६४ औँ वार्षिकोत्सव विविध त्रिदिवसीय कार्यक्रमका साथ सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर–प्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयको भौतिक एवं शैक्षिक सुधारका लागि नगरपालिका सदैव साथमा रहेको बताउनुभयो ।

सो अवसरमा नगरशिक्षा अधिकारी धन प्रसाद पोखरेलले सामुदायिक बिद्यालयमा राज्यले गरेको लगानी अनुसारको गुणस्तर दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पुर्व व्यवस्थापन समितिका अध्यक्ष खेमराज सापकोटालाई विशेष सम्मान गरेको विद्यालयले जनाएको छ ।

त्यसैगरी शिक्षक शोभा केसी क्षेत्री, पुण्य प्रभा शर्मा, मञ्जु थापा लाल बहादुर थापा लगायत लार्य सम्मान गरिएको थियो भने शिक्षक द्रौपति कँडेल र सिता शर्मा लाई बिदाई गरिएको बिद्यालयले जनाएको छ ।
कार्यक्रममा वडा अध्यक्ष रुद्र बहादुर केसी, सम्मानित शिक्षक शोभा केसी क्षेत्री र विद्यार्थी कृष्ण केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वार्षिकोत्सवका अवसरमा आयोजित १७ विद्यालय सहभागी एसईई विशेष हाजिरीजवाफ प्रतियोगितामा रुर्देपिपल माबि प्रथम, सिदार्थ सदन दितिृय , विद्यामन्दिर मावि तृतीय र सान्त्वना अमर आदर्श भएका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर कार्कीको अध्यक्षता, शिक्षक संगिता जिसी र विद्यार्थी कृष्ण केसी को स्वागत मन्तव्य शिक्षक दिपा तिवारी र श्याम प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *