नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको अध्यक्षमा आचार्य

आदर्श अनलाइन, बागलुङ
नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको सभापतिमा जगन्नाथ आचार्य सर्वसम्मत चयन हुनु भएको छ । शुक्रबारदेखि शुरु भई शनिबार सकिएको ३३ औँ अधिवेशनबाट आचार्यको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको हो ।

अधिवेसनबाट महिला उपसभापतिमा सीता शर्मा, उपसभापतिमा राजेन्द्र आचार्य, मन्त्रिमा भवानीप्रसाद कँडेल चयन हुनु भएको छ । त्यसैगरि कोषाध्यक्षमा जिवननाथ शर्मा रेग्मी, उपमन्त्रीमा ढालेन्द्र गौतम, र उपकोषाध्यक्षमा तेजप्रसाद शर्मा चयन हुनु भएको छ ।

सदस्यमा कृष्णप्रसाद आचार्य, गोविन्दप्रसाद पौडेल, तेजेन्द्र आचार्य, पूर्णभद्र निउरे, माया पाण्डे रेग्मी, यामदत्त कँडेल, शोभाकर सु्वदी, धनमाया खड्काथोकी, मायाकुमारी केसी र त्रिकला थापा चयन हुनु भएको छ । रेडक्रसको शाखा सभापतिका लागि जब्बरबहादुर लामिछाने र जगन्नाथ आचार्यको उमेदवारी परेको थियो ।

लामो समयको प्रयासपछि आचार्यको नेतृत्वमा सर्वसम्मत समिति चयन गर्न सफल भएको नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका महामन्त्री तथा निर्वाचन अधिकारी रामदक्त पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *