दोहोरी प्रतिष्ठान उपत्यका समन्वय काठमाडौँको सांस्कृतिक कार्यक्रम

आदर्श अनलाइन, काठमाण्डौ ।

राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिती काठमाडौले बृहत बनभोज तथा विविध सांस्किृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

अर्जुन थापाको नवनिर्वाचित कार्यसमितीले यहि माघ २८ गते शनिवारको मौका पारी उक्त कार्यक्रमको आयोजना गरेको हो । टोखा भुतखेलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथी प्रतिष्ठान केन्द्रका वरीष्ठ उपाध्यक्ष रीता थापाले गर्नु भएको थियो ।

कार्यक्रममा लोक दोहोरी प्रतिष्ठान केन्द्रका पदाधिकारी तथा सदस्यहरु क्रमश राम्जि खांण राधिका हमाल शिब हमाल शंकर विसी कृष्ण रेउले खुमन अधिकारी रमेशराज भट्राई हरि डाँगी इश्वरी भुसाल पि एन सापकोटा बिमल अधिअकारी राजकुमार रायमाझी युबराज मगर समन्वयका निवर्तमान अध्यक्ष सुजन लम्साल लगायत सल्लाहकार एवम् संरक्षक आजिबन सदस्यको उपस्थीती रहेको थियो ।कलाकार तथा दर्शक श्रोता शुभचिन्तकको उपस्थितीले भुतखेल प्रांगण खचाखच भरिएको थियो ।

कार्यक्रममा आर्थिक सहयोग गर्ने सहयोग दातालाइ सम्मान पत्र वितरण गरिएको थियो भने दर्जनौ लोकप्रीय कलाकार शान्ति श्री परियार, रमेशराज भट्टराइ, कृष्ण रेउले, राजन गुरुङ, विक्रम परियार, इश्वर सिंह, भुमीका गिरी, रामकुमार नेपाली, सरोज लामिछाने, बशन्त विश्वकर्मा, दामोदर भण्डारी, किरण विसी, चेतन गोतामे, भिमसेन खतिवडा, पबित्रा सर्तुगे मगर, सुवास अस्लामी मगर, सम्झना भण्डारी र भीम कुसारी तिलक विश्वकर्मा लगायत अन्य कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको थियो ।

नृत्य निर्देशक शंकर विसीले मार्मीक एवम् रोमान्चक नृत्य प्रस्तुत गर्नु भएको थियो भने कलाकार टिका जैशी, बाल गायीका आयुषा गौतम र रविना बोसेलले उँहालाइ साथ दिएका थिए । त्यस्तैगरि कलाकार सीता सुवेदीले पनि एक खुट्टाले नाचेर दर्शकको ध्यान आकर्षण गर्नुभएको थीयो ।

डोलराज बारघरे मुल संयोजक रहेको कार्यक्रममा र स्वयमसेवक संयोजक अंचल शाही रहनुभएको थियो । वनभोज कार्यक्रमलाइ मध्यनजर गर्दै उत्कृष्ट कार्यको मुल्याकंन गरि तिन जना क्रमश निर आले अंचल शाही र डोल्मा लामीछाने मगरलाइ घडि उपहार सहित सम्मान गरिएको थियो ।

अर्जुन थापाको अध्यक्षता र सचिव रमेशबाबु थापा मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थीयो । सांस्कृतिक कार्यक्रमको संचालन भने संयोजक दिनेश क्षेत्रि र राजेश बर्देवाले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *