लियो क्लब बाग्लुङद्वारा सेनिटरी प्याड वितरण

रोहन जि.सी, पर्वत

लियो क्लब अफ धौलागिरी बाग्लुङले सोमबार एक कार्यक्रमका बिच सेनिटरी प्याड बितरण गरेको छ ।

जलजला गाउपालिका ८ नाग्लिवाङ लुप्राङका महिलाहरुका लागि सेनिटरी प्याड बितरण कार्यक्रम सम्पन्न भएको छ ।

वितरण कार्यक्रमममा समाजसेवी जिबन्धर रेग्मीले अहिले सम्म उक्त ठाउमा कुनै पनि सस्था नगएको र अहिले लियो क्लब त्यहा स्वास्थ्य सामाग्री सहित पुग्दा आफू अत्यन्तै खुसी भएको बताउनुभएको छ । कार्यक्रममा महिला गाउँ विकास समिती का उपाध्यक्ष अस्मिता रेग्मी चपाइ लगाएतले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

समाजका हरेक सजिला परिस्थितिहरुमा सबै हुने तर अफ्ठ्याराहरुमा कोहि नहुने हुदा क्लबले यस्तै समुदायको बिचमा पुगेर यसरी नै रचनात्मक कार्य गरेर समाजसेवाम लाग्ने क्लबका अध्यक्ष प्रवेश पौडेलले बताउनु भयो ।

कार्यक्रम लियो क्लब अफ धौलागिरी बाग्लुङका अध्यक्ष प्रवेश पौडेलको अध्यक्षता, कार्यक्रम संयोजक सुजन रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *