बागलुङमा दीप प्रज्वलन गरि मनाइयो १४६ औँ लखन स्मृति दिवस

आदर्श अनलाइन, बागलुङ
बागलुङमा प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४६ औँ स्मृति दिवस मनाइएको छ । नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति बागलुङको आयोजनामा धवलागिरि बहुमुखी क्याम्पसमा दीप प्रज्वलन गरि स्मृति दिवस मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सचिव तथा स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पसका सभापति मनबहादुर थापा ‘मनिष’ले लखन थापालाई सरकारले सहिद घोषणा गरे पनि उचित सम्मान गर्न नसकेको बताउनुभयो ।

उहाँले थापाको स्मृति दिवस राज्यले नै मनाउनु पर्ने अवस्थामा मगर विद्यार्थी संघले मात्रै मनाउनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । थापाले अन्य ४ जना सहिदलाई जस्तै थापाको पनि शालिक राखिनु पर्ने भन्दै थापा कुनै एउटा जातका मात्रै नभई सिंगो मुलुककै सहदि भएको दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष गणेश थापा मगर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नेपाल मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष पर्वत श्रीस मगरको अध्यक्षता र क्यमम्पस सचिव मोती पुनको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *