८२ औं वर्षमा विद्यामन्दिर

आदर्श अनलाइन, बागलुङ
विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङको ८२ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।मंगलबार धौलागिरि अञ्चलकै सबै भन्दा जेठो विद्यालयको रुपमा १९९७ मा स्थापित विद्यामन्दिर माध्यमिकले सप्ताहव्यापी कार्यक्रम आयोजना गरि ८२ औं वार्षिकोत्सव मनाएको हो ।

विद्यालयको वार्षिकोत्सवको मूल समारोहमा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयको सुधारका लागि नगरपालिका तत्पर रहेको बताउनु भयो । बागलुङको शिक्षा क्षेत्रमा इतिहास बोकेको विद्यामन्दिर माविको पूर्वाधारका हिसावले नमूना विद्यालय बनेको बताउँदै गुणस्तर र सिकाई उपलब्धी हासिल गर्नको लागि सबैको सहकार्य आवश्यकता रहेको बताउनु भयो । पूर्वविद्यार्थीहरु, शिक्षाप्रेमी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समिति मिलेर विद्यालयभित्रको कमजोरी हटाउन र सकरात्मक कुराको संरक्षण गर्न जागरुक भएर लाग्नु पर्ने नगर प्रमुख श्रेष्ठले बताउनु भयो । सामुदायिक विद्यालयको भौतिक र शैक्षिक सुधारको लागि नगरपालिका सक्रिय भएर लागेको र विद्यामन्दिर माविको विकासको लागि नगरपालिकाले आवश्यक क्षेत्रमा सहयोग गर्न तयार भएको श्रेष्ठले बताउनु भयो । शैक्षिक जागरणको इतिहास बोकेको विद्यामन्दिर माविको भौतिक सुधारपछि आफू शैक्षिक सुधारमा केन्द्रीत भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताउनुृ भयो । नेपाली र अग्रेजी माध्यमलाई प्रभावकारी बनाएर विद्यार्थी र अभिभावकहरुको आकर्षणको केन्द्र बनाउन लागि परेको शाक्यले बताउनु भयो ।

अध्यापनको साथसाथै अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले ध्यान केन्द्रीत गर्न लागेको र विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायको पढाईलाई पनि थप सुधार गर्न विद्यालयले विशेष कदम चाल्न लागेको अध्यक्ष शाक्यले भन्नु भयो । कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य यज्ञ वल्लभ शर्मा, नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेल, अधिवक्ता तथा डिएलएका केन्द्रीय सदस्य कृतिनाथ शर्मा, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा भवन निर्माण समितिका पूर्वअध्यक्ष लालचन्द्र राजभण्डारी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कृष्णराज शर्मा, पूर्वप्रधानाध्यापक इश्वरलाल वज्राचार्य,चन्दादाता सुदेशचन्द्र राजभण्डारी लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वप्रधानाध्यापक इश्वरलाल वज्रचार्य,दिपकज्योती श्रेष्ठ,जगन्नाथ आचार्य, ध्रुर्व श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, छविरमण रेग्मी, पूर्वउच्च मावि संयोजक डिल्लिराज गौतम, मनोज रोकालाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य्, प्रधानाध्यापक शान्तमणि ढकाल, शिक्षक मञ्जु थापा, चित्र बहादुर केसी, सरिता न्यौपाने, राधा मलेपति, विद्यालय नर्स सविता ज्ञवली, कर्मचारी गोमादेवी चापागाई विन्दु र खहरी चौलागाई लगाएतलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शान्तामणि ढकालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

हाल विद्यालयको शैक्षिक, सामाजिक, आर्थिक अवस्थामा उल्लेखनिय सुधार भएको, कक्षा ४ देखि ८ सम्म अग्रजी माध्यममा पढाई संचालन भएको, सूचना प्रविधिको प्रयोग गरेर विज्ञान संकायमा अध्यापन सुरु भएको, जंग फुड निधेष भएको, विद्यार्थीलाई स्वास्थ्य विषयमा जागरुक बनाएर सरसफाई अभियान संचालन भएको, कक्षा कोठामा आधुनिक फर्निचरको व्यवस्था आधारभूत तहबाट सुरु भएको र बालविकासलाई विद्यालयले उच्च प्राथमिकतामा राखेको प्रधानाध्यापक ढकालले प्रतिवेदनमा उल्लेख गर्नु भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक भिम प्रसाद गौतमले गर्नु भएको थियो । मूल समारोहमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । मूल समारोह पूर्व १३ सय विद्यार्थीहरुको र्यालीले बागलुङ बजारको विभिन्न चोकहरुको परिक्रममा गरेको थियो ।विद्यामन्दिर माविमा बालविकासदेखि कक्षा १२ सम्म १३ सय ९२ जना विद्यार्थी अध्यापन गर्छन् । वार्षिकोत्सवको अवसरमा आयोजित विज्ञान प्रदर्शनीको पूर्व विद्यार्थी तथा समाजसेवी सिद्धार्थ मिलन श्रेष्ठले गर्नु भएको थियो । विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुले आफ्ना सृर्जनशिल प्रतिभा मार्फत विभिन्न सामग्रीहरु निर्माण गरी प्रदर्शनी गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *