बागलुङमा ‘केपी ओली कप’ को प्रचारप्रसार

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा फागुन ११ गतेदेखि १७ गतेसम्म हुन गइरहेको ‘केपी ओली कप’ को तयारी अन्र्तगत बागलुङमा प्रचारप्रसारको काम तीव्र रुपमा चलिरहेको छ ।

राष्ट्रिय युवा संघ नेपाल बागलुङ र राष्ट्रिय युवा संघ नेपाल बागलुङ नगर कमिटिको समन्वयमा बागलुङ बजारका विभिन्न टोल, चोक र होर्डिङ बोर्डमा ब्यानर तथा पम्पलेट राखिएको राष्ट्रिय युवा संघ नेपाल बागलुङका सचिव दिपेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

सो प्रचारप्रसार कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य रेशम घर्ति मगर, जिल्ला संयोजक बुद्ध बोहोरा, नगर कमिटि अध्यक्ष निकेश अधिकारी, उपाध्यक्ष राजन कार्की, प्रेम रोका, सचिव विजय सापकोटा, सहसचिव प्रबेश पौडेल लगायतको सहभागिता रहेको थियो । ‘केपी ओली कप’ का विजेता टोलीले १० लाख रुपैयाँ पाउने भएको छ । प्रतियोगितामा ए डिभिजन क्लबहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

काठमाडौं उपत्यकाका फरक–फरक खेल मैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि माघ १७ गतेभित्र टिम दर्ता गर्न खुला आह्वान गरिए आयोजक संघले जानकारी दिएको छ । प्रतियोगिता आयोजना गर्नुको मूल उद्देश्य नेपालमा व्यावसायिक फुटबलको प्रवर्द्धनमा केही योगदान गर्नु र यसका माध्यमबाट आम नागरिक, संघ संस्था तथा राजनीतिक दलहरुलाई समेत प्रेरित गर्नु नै रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने जनाएको छ । आयोजकले प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार तथा हरेक खेलको म्यान अफ द म्याचलाई उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *