महाशिवरात्रीको अवसरमा सरसफाई

आदर्श अनलाइन, बागलुङ
महाशिवरात्रीको पूर्व सन्ध्यामा बागलुङ नगरपालिका–४ स्थित गौरीधाम शिव मन्दिर वरपर सरसफाई गरिएको छ ।

कपडा तथा फेन्सी व्यवसायी संघ बागलुङको आयोजनामा शिवरात्रीको अवसरमा आउने भक्तजनहरुलाई लक्षित गरी गौरीधाम मन्दिर परिसरमा सरसफाई सम्पन्न गरिएको हो ।

शिवरात्रीको अवसरमा गौरीधाम शिव मन्दिरमा दर्शनार्थीको भीड लाग्ने भएकाले मन्दिर क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको कपडा तथा फेन्सी व्यवसायी संघ बागलुङका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो ।

सरसफाईपछि कोणसभा कार्यक्रममा बोल्ने गौरिधाम शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसी र उमानाथ गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा गौमतले शिवरात्रीको दिन खानेपानीको व्यवस्था मिलाउने प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रम संघका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, उपाध्यक्ष गोबिन्द सुवेदीको स्वागत प्रथम उपाध्यक्ष डिबि कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *