आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्थाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । संस्थाका शेयर सदस्य तथा नगरपालिका– ६ का वडा समन्वय उप–समितिका संयोजक टेक बहादुर थापा, शेयर सदस्यहरु वीर बहादुर थापा र मीना आले मगरका पिता तथा शेयर सदस्यहरु जीवन कुमारी थापा र चेली थापाका ससुरा लमगाउँ निवासी भद्र बहादुर थापाको दुःखद निधनप्रति दुःख व्यक्त गर्दै घरमै पुगेर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

खड्काको छैटौं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम हस्तान्तरण गरेको छ । श्रद्धाञ्जली सभामा संस्थाका पूर्व सञ्चालक सिर्जना थापा मगर, प्रबन्धक दिपकराज सापकोटा, कर्जा विभाग प्रमुख रुपादेवी ढकाल शर्मा शेयर सदस्यहरु रितु थापा, मन बहादुर थापा, मिना आले मगर, चन्द्रकला थापा, समाजसेवी तथा पूर्व अध्यक्ष दिल बहादुर थापा लगायतको उपस्थितीमा सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद बीस हजार रुपैयाँ स्वर्गीय थापाकी छोरी मीना आले मगरलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु.१५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा रु.५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *