काठेखोलाका शिक्षकहरुका लागि तीन दिने बाल तथा लैङ्गिकमैत्री शिक्षण सिकाई सम्बन्धी तालिम

आदर्श अनलाइन, बागलुङ

बागलुङको काठेखोला गाँउपालिकाका शिक्षकहरुलाई शिक्षण सिकाइमा बाल तथा लैङ्गिकमैत्री शिक्षण सिकाई सम्बन्धि तालिम बिहिबार सम्पन्न भएको छ ।

हेम्पेल फाउण्डेसन र भिएसओ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय संस्था विवाईसी बागलुङको व्यवस्थापनमा संचालित सिकाइ परियोजना अन्तर्गत शिक्षकहरुका लागि आयोजना गरिएको तीन दिने शिक्षण सिकाइमा बाल तथा लैङ्गिकमैत्री शिक्षण सिकाई सम्बन्धि तालिम बिहिबार सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागिहरुको तर्फबाट शिक्षक टीका थापा, शिक्षक युवराज थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिममा काठेखोला गाँउपालिका अन्तर्गत विभिन्न २७ विद्यालयका २७ जना शिक्षकहरुको सहभागीता रहेको बिवाईसी बागलुङका सिकाइ परियोजना अनुगमन तथा मूल्याकंन अधिकृत बिमल शर्माले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा बच्चुराम बस्नेतले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रम विवाईसी बागलुङका सचिव दिपक गौतमको अध्यक्षता र काठेखोला अन्तर्गत सिकाइ परियोजना फिल्ड सुपर्भाइजर कृष्ण कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *