आजको मौसमः गण्डकी र प्रदेश १ मा हिमपातकाे संभावना

आदर्श अनलाइन, काठमाडौं
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने प्रदेश नम्बर १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ ।

तराईका एक दुई स्थानमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले मौसम सूचना तथा पूर्वानुमान शाखामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *