आदर्श सञ्चारले तोक्यो सञ्चालकहरुको जिम्मेवारी

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका सञ्चालकहरुलाई विभिन्न उप–समितिको संयोजक चयन गरेको छ ।

संस्थाको १६ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुको जिम्मेवारी तोकिएको हो । संस्थाको फागुन ७ गते सम्पन्न सञ्चालक समितिको वैठकले सञ्चालकहरुलाई विभिन्न १२ वटा उप–समितिको संयोजकको जिम्मेवारी तोेकेको छ ।

संस्थाको नियमित कामलाई थप प्रभावकारी बनाउन, संस्थाले बनाएको योजना तथा कार्यक्रमलाई सदस्य र समुदायका बीचमा लैजान तथा सहकारी अभियानप्रतिको विश्वास जगाउने खालका गतिविधि सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले उप–समिति गठन गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले जानकारी दिनुभयो ।

सञ्चालक समितिले सूचना, सञ्चार तथा प्रकाशन उप–समितिको संयोजकमा उपाध्यक्ष ललिता थापा, स्वास्थ्य तथा सरसफाई उप–समितिको संयोजकमा सचिव सरस्वती खड्का परियार, नीति निर्माण उप–समितिको संयोजकमा सह–सचिव कमल लामिछाने र ऋण उप–समितिको संयोजकमा कोषाध्यक्ष शान्तिलक्ष्मी श्रेष्ठलाई चयन गरेको छ ।

यस्तै सञ्चालकहरु गीता खड्कालाई महिला विकास उप–समितिको संयोजक, अम्बिका जिसीलाई शिक्षा तथा तालिम उप–समितिको संयोजक, खीम बहादुर केसीलाई जोखिम व्यवस्थापन उप–समितिको संयोजक, राजकपुर श्रेष्ठलाई व्यवसाय प्रवद्र्धन उप–समितिको संयोजक चयन गरिएको छ ।

सञ्चालक समितिका सदस्यहरु राधिका केसीलाई ऋण असुली उप–समितिको संयोजक, जयराम शर्मालाई बरेङ गाउँपालिका समन्वय उप–समितिको संयोजक, लेख बहादुर जिसीलाई युवा तथा खेलकूद उप–समितिको संयोजक तथा लक्ष्मी पौडेल पन्तलाई पर्यटन प्रवद्र्धन उप–समितिको संयोजक चयन गरिएको अध्यक्ष जिसीले जानकारी दिनुभयो ।
सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई संयोजकको जिम्मेवारी दिइएको र उप–समितिका अन्य सदस्यहरु शेयर सदस्यहरुबाट मनोनयन गरिने अध्यक्ष जिसीले बताउनुभयो ।

सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई उप–समितिको संयोजक चयन गरी सदस्यहरु शेयर सदस्यबाट बनाउने र सम्पूर्ण उप–समितिहरुको अनुगमन अध्यक्षले गर्ने व्यवस्था संस्थाको उप–समिति गठन तथा सञ्चालन कार्यविधिमा रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

सञ्चालक समितिले पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा शेयर सदस्यहरुलाई सचेत बनाउन विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, सदस्य भेटौ ः सदस्य सुनौ अभियानलाई थप प्रभावकारी बनाउने, सदस्यहरुको सचेतनाका लागि घरदैलो, टोलभेला र वडा भेलाहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

सदस्य भेटौ ः सदस्य सुनौ अभियान अन्तरगत फागुन महिनामा सदस्यसंग सेल्फी अभियान सञ्चालन गरेको आदर्श सञ्चारले चैत महिनाभर घरदैलो, टोल भेला, वडा भेला लगायतका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

संस्थाको सञ्चालक समितिको वैठकले संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकको १६ औं वार्षिकोत्सव आगामी फागुन २३ गते ढोरपाटनमा मनाउने गर्ने निर्णय गरेको छ । संस्थाले पत्रिकाको वार्षिकोत्सव बागलुङ सदरमुकाम भन्दा बाहिर मनाउदै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले विगत १६ वर्षदेखि धौलागिरी जागरण दैनिक, ११ वर्षदेखि अग्रसर साप्ताहिक, ४ वर्षदेखि आदर्शसञ्चार अनलाईन सञ्चालन गर्नुका साथै ९ वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।

संस्थामा हाल ३ हजार ५ सय जना शेयर सदस्य, ६ करोड शेयर रकम, ३० करोड बचत रकम, ३८ करोड कर्जा लगानी सहित कुल ४५ करोड सम्पत्ती रहेको संस्थाका कोषाध्यक्ष शान्तिलक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *