बागलुङ नगरपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाको आयोजनामा आइतबारदेखि नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु भएको छ । स्थानीय तह स्थापना पछिको यो खेल पाँचौ संस्करण हो । गत वर्षको खेल चुनावका कारण प्रभावित भएर असारमा संचालन भएको थियो ।

प्रतियोगिता फागनु ७, ८ र ९ गतेसम्म संचालन हुने भएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले खेलकुदको माध्यमबाट बालबालिकाको प्रतिभा र क्षमता बाहिर ल्याउने तथा खेलबाट नगरको पहिचान बढाउने उद्देश्य राखिएको बताउनुभयो ।

नगरपालिकाले प्रतियोगिता संचालन गर्न ७ लाख बजेट बिनियोजन गरेको थियो । यो बर्ष नगरपालिकाले खेलाडीका लागि हरेक दिन एक सय रुपैयाँ खाजाको लागि उपलब्ध गराउने भएको छ ।

बालबालिकाले दिनभरी भोकै बस्नुपर्ने कुरा पीडाडायी भएकोले खाजाको लागि रकमको व्यवस्था गरिएको नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताउनुभयो । कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कुमार खड्काले नगरस्तरीय खेल सकिनासाथ जिल्ला स्तरीय राष्ट्रपति खेलकुद प्रतियोगिता संचालन हुने भएकोले व्यवस्थापनका लागि तयारी भईरहेको जानकारी दिनुभयो ।

शिक्षा शाखाका अधिकृत गौरव राना मगरले प्रतियोगितामा ५४ वटा एभेन्टका खेल संचालन हुने जानकारी दिदै खेलमा नगरपालिका भित्रका ४० माध्यामिक बिद्यालयका बिद्यार्थीको सहभागीता हुने बताउनुभयो ।

प्रतियोगिताको शुरु हुनुअघि बालमन्दिरबाट मार्चपास सहित बाङ्गेचौरमा पुगेर उद्घाटनको कार्यक्रम शुरु भएको थियो । प्रतियोगिताको पहिलो दिन आइतबार भलिवल, एथ्लेटिक्स लगाएतका प्रतियोगिता संचालन भएको रानाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *