आदर्शकर्मी बास्कुने इन्सेकका गण्डकी प्रदेश उत्कृष्ट प्रतिनिधि

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका म्याग्दी संवाददाता अमृत बास्कुने सम्मानित हुनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका म्याग्दी जिल्ला प्रतिनिधि समेत रहेका बास्कुने इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को विमोचन समारोहमा गण्डकी प्रदेशको उत्कृष्ट प्रतिनिधिको रुपमा सम्मानित हुनुभएको हो ।

आइतबार पोखरामा आयोजना गरिएको सन् २०२२ मा गण्डकी प्रदेशको मानव अधिकारको अवस्था सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रममा बास्कुने सम्मानित हुनुभएको हो ।

इन्सेकले हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा वर्ष पुस्तक सार्वजनिक गर्दै आएको छ । सन् १९९२ देखि नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *