बागलुङ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सनराइज मा.विलाई

रोहन जि.सी बागलुङ

सनराइज आवासीय मा.विले बागलुङ नगरपालिका मा.वि स्तरीय पाँचौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।

बाङ्गेचौरमा बुधबार सम्पन्न भएको प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र १ कास्य पदक जितेको सनराइज आवासीय मा.विले उपाधि चुमेको हो । ६ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेको गणेश मा.वि द्धितीय र ५ स्वर्ण, ५ रजत र ११ कास्य पदक जितेको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल तृतीय भएको हो ।

रनिङ शिल्ड प्रतियोगिता अन्तरगत कबड्डी छात्र तर्फ चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल प्रथम, गरिमा आवासीय मा.वि द्धितीय र यु.एस एकेडेमी तृतीय भएको छ । छात्रा तर्फ यु.एस एकेडेमी प्रथम, कालिका कन्या मन्दिर मा.वि द्धितीय र अमर आदर्श मा.वि तृतीय भएको बागलुङ नगरपालिकाले जानकारी दिएको छ ।

त्यस्तै भलिबल छात्र तर्फ विश्वकर्मा मा.वि प्रथम, सिगाना मा.वि द्धितीय र विद्मामन्दिर मा.वि तृतीय भएको छ । छात्रा तर्फ विद्मामन्दिर मा.वि प्रथम, रुदे्पिपल मा.वि द्धितीय र धौलागिरी बहिरा आवासीय मा.वि तृतीय भएको बागलुङ नगरपालिकाका शिक्षा अधिकृत गौरव रानाले जानकारी दिनुभयो ।

सबै खेलमा प्रथम, द्धितीय र तृतीय हुने विद्मालयलाई क्रमशः शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको छ । आइतबार देखी शुरु भएको प्रतियोगितामा ४० विद्मालयको सहभागिता रहेको थियो । प्रतियोगितामा ५४ वटा इभेन्टका खेल संचालन भएको बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

विजेता विद्मालय र खेलाडीहरुलाई बागलुङ नगरपालिकाका नगर उप—प्रमुख राजु खड्का लगायत जनप्रतिनिधि र कर्मचारीहरुले पुरस्कार वितरण गर्नुभएको थियो । समापन समारोहको सञ्चालन बागलुङ नगरपालिकाका शिक्षा अधिकृत गौरव रानाले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *