आदर्श अनलाइन, पोखरा
जिल्ला प्रहरी कार्यालय कास्कीले १३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मुद्धामा अदालतको फैसला भइ हाल सम्म फरार उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतको कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला अदालत कास्कीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिनुभयो ।
खड्काका अनुसार पक्राउ पर्नेमा लागू औषध मुद्दामा ५ दिन कैद फैसला भई हालसम्म फरार रहेका पोखरा महानगरपालिका–२९ पावरहाउस बस्ने ३२ वर्षीय राजकुमार ताम्राकार, लागू औषध मुद्दामा ६ दिन कैद तथा पाँच हजार जरिवाना फैसला भई हालसम्म फरार रहेका चितवन स्थायी घर भई हाल पोखरा महानगरपालिका–२ मिरुवा बस्ने ३० वर्षीय शंकर पौडेल, लागू औषध मुद्दामा ६ दिन कैद तथा पाँच हजार जरिवाना फैसला भई हालसम्म फरार रहेका चितवन स्थायी घर भई हाल पोखरा महानगरपालिका–२ मिरुवा बस्ने २५ वर्षिय ओसिन पौडेल ।
बैंकिङ कसुर मुद्दामा १० दिन कैद र ८ लाख १८ हजार २ सय जरिवाना फैसला भई हालसम्म फरार रहेका पोखरा महानगरपालिका–३१ बेगनासताल बस्ने ३५ वर्षको गजेन्द्र रानाभाट, चेक अनादार मुद्दामा १ हजार ५ सय जरिवाना फैसला भई हालसम्म फरार रहेका पोखरा महानगरपालिका ४ चिप्लेढुङ्गा बस्ने विष्णु कुमार श्रेष्ठ रहेका छन ।
चेक अनादार मुद्दामा एक हजार जरिवाना फैसला भई हालसम्म फरार रहेका पोखरा १६ बस्ने चुडामोहन पौडेल, कुटपिट अङगभङग मुद्दामा दुइ हजार जरिवाना फैसला भई हालसम्म फरार रहेका सुर्खेत स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइड बस्ने जिवन कुमार वली, जुवातास मुद्धामा तीन हजार जरिवाना फैसला भइ हाल सम्म फरार रहेका पोखरा २ अर्चलबोट बस्ने बिराट केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
जुवतास मुद्धामा १४ सय जरिवाना फैसला भइ हालसम्म फरार रहेका पोखरा लामाचौरका उमेश गर्बुजा, जुवातास मुद्धामै १४ सय जरिवाना फैसला भइ फरार रहेका लामाचौरकै रमश पुन, जुवातास मुद्धामा १ हजार जरिवाना फैसला भइ हाल सम्म फरार रहेको पोखरा ८ नागढुंगाका सोमत तुलाचन, सार्वजनिक स्थानमा अभद्र ब्यवहार मुद्धामा पांच हजार जरिवाना फैसला भइ हाल सम्म फरार रहेको पोखरा १७ छोरेपाटन बस्ने शिशिर श्रेष्ठ र सार्बजनिक स्थानमा अभद्र ब्यवहार मुछामा पांच हजार जरिवाना फैसला भइ हाल सम्म फरार रहेका पोखरा १७ छोरेपाटनका शिविर श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालत कास्कीमा पेश गरिएको हो ।