आदर्श अनलाइन, पोखरा
पोखरा महानगरपालिका–९ का गृहिणी महिलाहरुलाई व्यवसायीक बनाउन धुप बनाउने तालिम प्रदान गरिएको छ । वडाका पाँच वटा टोल पार्वती, शिव, शुभकामना, गणतान्त्रिक र कृष्णटोलका ६५ जना गृहिणी महिलालाई पाँच दिने धुप बनाउने तालिम दिईएको थियो ।
तालिमको समापनको अवसरमा कार्यक्रममा बोल्दै सदस्य नन्दराम गिरीले सहभागीहरुलाई प्रमाण पत्र दिदैं सिप सिकेर मात्रै नहुने बताउनुभयो । उहाँले समुहमा लगानी गरी धुप बनाउने घरेलु उद्योग स्थापना गर्न सल्लाह दिदैं आफुले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
प्रशिक्षक तिर्थ श्रेष्ठले व्यवसायमा लागेर कुनै सहयोग आवश्यक परेमा आफु सहयोग गर्र्न तत्पर रहेको बताउनुभयो । तालिमले आफुहरुलाई व्यवसायीक बन्न उत्प्रेरणा दिएको सहभागीहरुले बताएका छन् ।
कार्यक्रममा वडा सदस्यहरु गीता नेपाली, लक्ष्मी पहारी, समाजसेवी उत्तम जोशी, टोल विकास संस्थाका अध्यक्षहरु, आमा समुहका अध्यक्षहरुले बोलेका थिए ।
पार्वती, शिव, शुभकामना, गणतान्त्रिक टोलका महिलालाई निशुल्क तालिम उपभोक्ता समुहकी अध्यक्ष लेखमाया थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सरस्वती नेपालीले गर्नुभएको थियो ।