आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले केन्द्रीय राजनीतिले प्रदेशमा पनि असर पु¥याइरहेको बताउनुभयो । पत्रकार महासंघ बागलुङ शाखाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले विश्व राजनीतिको प्रभाव नेपालको राजनीतिमा पर्दै गएको बताउनुभयो ।
आफूहरुले चुनाव अगाडिनै गबन्धन गरेर मुलुकमा अस्थितरता जन्मिने आँकलन गरेको भन्दै अहिले त्यस्तै हुँदै गएको अधिकारीले बताउनुभयो । संघीयता भनेको प्रदेश संरचना भएको उहाँको भनाई छ । पहिले मुलुकमा एकात्मक सरकार भए पनि स्थानीय तह रहि राखेको बताउनुभयो । संघीयतालाई मजबुत बनाउन आफूहरु प्रतिबद्ध भएको जनाउनुभयो ।
मुख्यमन्त्री अधिकारीले भन्नुभयो– “अहिले मुलुकमा राजनीति धलमलाएको रहेको छ, मुलुकमा स्थितरता कायम गर्न हामी पछि हटेर तेस्रो शक्तिलाई प्रधानमन्त्री बनायौँ, घरिघरि विभिन्न कुराहरु सुनिन्छ, त्यसले जनताको मनोविज्ञानमा नराम्रो प्रभाव पारेको छ ।”