अन्तर विद्मालय स्तरीय नृत्य प्रतियोगितामा चिल्ड्रेन लाईफ विजयी

आदर्श अनलाइन, बागलुङ

बागलुङमा अन्तर विद्मालय स्तरीय नृत्य प्रतियोगितामा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल विजयी भएको छ । फ्युचर ब्राईटर आवासीय मा.विले बिहिबार आयोजना गरेको उक्त प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफले हात पारेको हो ।

फ्युचर ब्राईटर आवासीय मा.विको ३४ औं वार्षिकउत्सवको चौथौं दिनमा आयोजना गरिएको अन्तर विद्मालय स्तरीय नृत्य प्रतियोगितामा अमर आदर्श मा.वि द्धितीय, युनिभर्सल एकेडेमी तृतीय र शुभलाभ एकेडेमी सान्तवना भएको छ ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै राष्ट्रिय निजी तथा आवासीय विद्मालय एशोसिएसन नेपाल बागलुङका अध्यक्ष नेत्रलाल न्यापौनेले विद्मार्थीहरुलाई शिक्षा संगै सिर्जनात्मक कार्य तथा क्रियाकलापमा सक्रिय रहनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा अमर आदर्श मा.विका प्रधानाध्यापक हेमन्त थापा, गुँरास विद्मा सदनका प्रधानाध्यापक निशान खड्का, अभिभावक कर्ण हमाल, अभिभावक तथा प्रतियोगिताका निर्णायक सुवास श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

फ्युचर ब्राईटर आवासीय मा.विको ३४ औं वार्षिकउत्सवको अवसरमा विद्मालयले अभिभावकहरुको लागि घैटोफोर प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा अभिभावक देवुकला सापकोटा प्रथम हुनुभएको फ्युचर ब्राईटरका शिक्षक आशिष परियारले जानकारी दिनुभयो ।

नृत्य प्रतियोगितामा १३ विद्मालयको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा ७ भित्रका विद्मार्थीले भाग लिएका थिए । प्रतियोगितामा विजयी विद्मालयका विद्मार्थीहरुलाई नगद पुरस्कार, प्रमाणपत्रले पुरस्कृत गरिएको शिक्षक लबसन थापाले जानकारी दिनुभयो ।

कार्यक्रम फ्युचर ब्राईटर आवासीय मा.विका सञ्चालक बालकृष्ण शर्माको अध्यक्षता, शिक्षक सुवर्ण मल्ल र स्वेयच्छा शाक्यको सञ्चालन र विष्णु वि.कको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

त्यस्तै चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल कोरोना एकेडेमीद्धारा आयोजित अन्तर विद्मालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा द्धितीय र न्यु एभरेष्ट एकेडेमीद्धारा आयोजित अन्तर विद्मालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सान्तवना स्थान हासिल गरेको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका शिक्षक जिवन रोका क्षेत्रीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *