न्यु एभरेष्ट एकेडेमीको १७ औँ वार्षिकोत्सव सम्पन्न

आदर्श अनलाइन, बागलुङ
न्यु एभरेष्ट एकेडेमी रामरेखा बागलुङको १७ औँ वार्षिकोत्सव तथा विद्यार्थी एवंम् अभिभावक दिवस बिहीबार एक समारोहका बिच सम्पन्न भएको छ ।

वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले शैक्षिक संस्थाहरुले गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्ने जोड दिनुभयो ।

शैक्षिक क्षेत्रमा निजी विद्यालयको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै श्रेष्ठले नगरपालिकाले शुरु गरेको बालमैत्री अभियानलाई सफल बनाउनका लागि सबै सामुदायिक तथा निजी विद्यालयहरुले प्रभावकारी भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेल, बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापा, वडा नम्बर ५ का वडा सदस्य बाबुराम सापकोटा, सामुदायिक सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गा बहादुर आचार्य, चिल्डे«न लाइफ इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ, अमर आदर्श आवासिय माविका प्रिन्सिपल हेमन्त थापा, संचालक समितिका अध्यक्ष विजयराज पन्त, गुराँस शिक्षा सदनका प्रिन्सिपल निशान खड्का, नवरामरेखा तरकारी उत्पादक सहकारी संस्थाका उपाध्यक्ष पार्वती आचार्य, अभिभावक बुद्विबल थापा, बसन्त मल्ल, शिक्षक कृष्ण आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालयका संस्थापक अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, शिक्षक माधव शर्मा र विद्यार्थी पूजा सापकोटाको स्वागत, शिक्षक भूमिराज शर्माको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्रिन्सिपल कृष्ण अधिकारीले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *