रत्न श्रेष्ठ पुरस्कार गुठीद्वारा छ जना साहित्यकार पुरस्कृत

आदर्श अनलाइन, बागलुङ

रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले यस वर्ष ६ जना लेखक साहित्यकारलाई पुरस्कृत गरेको छ । रत्न श्रेष्ठ पुरस्कार गुठीले प्राज्ञ प्रेम छोटाकी स्वर्गीय माता रत्न श्रेष्ठको १ सय १५ औँ पुण्य तिथी तथा ४६ औँ स्मृति दिवसको अवसरमा बिहिबार एक समारोहको आयोजना गरी विभिन्न विधाका लेखक तथा साहित्यकारलाई पुरस्कार प्रदान गरेको हो ।

संस्थाले रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट पाल्पा निवासी कृष्ण उपन्यासका लेखक उपन्यासकार डाक्टर शंकरप्रसाद गैरेलाई नगद ५० हजार, रत्न श्रेष्ठ प्रादेशिक पुरस्कारबाट सुर्यनाथ सापकोटा र सरोजराज पन्तलाई जनही १२ हजारसहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेको छ ।धौलागिरी प्रतिभा पुरस्कारबाट म्याग्दीका कृष्ण बानियाँलाई नगद १५ हजार, जगतचन्द्र राष्ट्रिय पुरस्कारबाट ललितपुर निवासी रुकु कार्कीलाई नगद २५ हजार र गुरु गणेश विष्णु स्मृति पुरस्कारबाट त्रिपुरेश्वर महादेश मन्दिर परमानन्द सन्यास आश्रम बिहुँ रामकोटका उत्कृष्ट छात्र शुभम पन्तलाई नगद ८ हजार र प्रशंसा पत्र सहित दोसल्ला ओढाएर पुरस्कृत गरेको हो ।

सो अवसरमा गुरु गणेश स्मृति कोषका संस्थापक संरक्षक भरत कुमार श्रेष्ठ, सम्मानित व्याक्तित्व डा. शंकर प्रसाद गैरे, रुकु कार्की कृष्ण बानिया र म्याग्दी साहित्य समाजका अध्यक्ष धुर्वलाल गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सम्मानित व्यक्ति तथा कृतिको टिप्पणी धवलागिरि बहुमुखी क्याम्पसका सहायक प्राध्यापक हरिप्रसाद पाण्डेले गर्नुभएको थियो ।

कार्यक्रम रत्नश्रेष्ठ पुरस्कार गुठीका संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटाको अध्यक्षता, प्रबन्ध समिति सदस्य देव बहादुर श्रेष्ठको स्वागत मन्तव्य र सचिव महेशचन्द्र प्रधानको संचालनमा सम्पन्न भएको थियो । पुरस्कारका लागि आह्वान गरिए अनुसार ३० वटा विभिन्न विद्याका कृति प्राप्त भएको र त्यस मध्यबाट ६ जना लेखकको कृति छनौट गरि पुरस्कार प्रदान गरिएको सदस्य सचिव महेशचन्द्र प्रधानले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *