बागलुङमा अनेरास्ववियुको स्ववियु लक्षित अभियान शुरु

रोहन जि.सी बागलुङ,

स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन नजिकिदै जादा विद्यार्थी संगठनहरु निर्वाचन लक्षित कार्यक्रममा केन्द्रीत हुन थालेका छन् ।

आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनलाई लक्षित गरी नेकपा एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले देशव्यापी रुपमा अभियान सञ्चालन गरेको छ ।

निर्वाचन लक्षित वैठक, भेला, अन्तरक्रिया तथा अन्य रचनात्मक कार्यक्रम सञ्चालन गर्नुका साथै विद्यार्थीहरुलाई सचेतना समेत प्रदान गर्दै आइरहेको छ ।

यसैक्रममा अनेरास्ववियु धौलागिरी बहुमुखी क्याम्पस बागलुङ प्रारम्भिक कमिटिको वैठक तथा वृक्षारोपण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

कार्यक्रममा अनेरास्ववियुका नवनिर्वाचित केन्द्रीय सचिव प्रकाश पौडेलले राष्ट्रियताको पहरेदार विद्यार्थी संगठन अनेरास्ववियुलाई स्ववियु निर्वाचनमा विजयी बनाउन आम विद्यार्थीहरुमा आव्हान गर्नु भयो ।

अनेरास्ववियु राष्ट्रियताको संरक्षण, जनजिविकाका सवाल लगायत विद्यार्थीको हकहित स्थापित गर्ने कुरामा सदैव अग्रमोर्चामा रहेको छ, केन्द्रीय सचिव पौडेलले भन्नुभयो–‘सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुटका लागि आन्दोलनको नेतृत्व गर्ने, प्राथमिक विद्यालयमा दिवा खाजाको व्यवस्थाका लागि अगुवाई गर्ने लगायत विद्यार्थीका तमाम अधिकारका लागि अनेरास्ववियूले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ ।’

अनेरास्ववियुले क्याम्पस प्रशासन लगायत विभिन्न ठाउँमा हुने अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती लगायतका विषयमा सरोकारवालाहरुलाई खबरदारी गर्नुका साथै आवश्यक पर्दा आन्दोलनको नेतृत्वदायी भूमिकामा समेत रहनु पर्नेमा उहाँले जोड दिनुभयो ।

नेकपा एमाले बागलुङका विद्यार्थी इन्चार्ज शेखर खड्का, अनेरास्ववियुका केन्द्रीय सदस्य रोशन कुँवर, बागलुङ जिल्ला अध्यक्ष रोशन जिसी लगायतले स्ववियू निर्वाचन केन्द्रीत अभियानमा सक्रियताका साथ लाग्न र अनेरास्ववियूका उमेदवारलाई विजयी बनाउने अभियान सफल बनाउन विद्यार्थीहरुलाई आव्हान गर्नु भएको थियो ।

अनेरास्ववियु धौलागिरी बहुमुखी क्याम्पस प्रारम्भिक कमिटिका अध्यक्ष अनिल शर्माको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन नमिता पौडेलले गर्नु भएको थियो ।

स्ववियु निर्वाचन लक्षित कार्यक्रम अन्तरगत धौलागिरी बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको अनेरास्ववियु बागलुङका अध्यक्ष रोशन जिसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *