फ्युचर ब्राइटर आवासीय माविको ३४ औं वार्षिकोत्सव सम्पन्न

रोहन जि.सी बागलुङ

फ्युचर ब्राइटर आवासीय माविको ३४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव मूल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विद्यार्थीहरुको मनोविज्ञान र बदलिदो चाहना अनुसार विद्यालयले शिक्षा र संस्कार दिनु पर्ने बताउनु भयो ।

उहाँले सबैलाई सम्मान गर्ने र जुनसुकै विषयमा सिर्जनशिल तरिकाले सोच्ने शिक्षक र विद्यार्थी अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्याय, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेल, प्याब्सन बागलुङका अध्यक्ष दल बहादुर थापा, एनप्याब्सन बागलुङका अध्यक्ष नेत्र लाल न्यौपाने, पत्रकार मुकेशचन्द्र राजभण्डारी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

वार्षिकोत्सको अवसरमा आयोजित विभिन्न खेलहरु, सांस्कृतिक कार्यक्रम र विभिन्न प्रदर्शनीमा विजयी विद्यार्थीहरुलाई पुरस्कार, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक र अतिरिक्त क्रियाकलाप प्रस्तुत गरेका थिए ।

प्रधानाध्यापक बालकृष्ण शर्माले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने विद्यालयका प्लेग््रुपदेखि कक्षा १२ सम्मका उत्कुष्ट विद्यार्थीहरु र शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम फ्युचर ब्राइटर आवासीय माविका प्रिन्सिपल बालकृष्ण शर्माको अध्यक्षता, शिक्षक सुनीता पुरीको स्वागत र संचालन शिक्षक सुवर्ण मल्लले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *