ढोरपाटनमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

आदर्श अनलाइन, बागलुङ
बागलुङको ढोरपाटनमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–६ चामिद्वारमा ध १ त ५११ नम्बरको ट्याक्टरको ठक्कर दिँदा शनिबार साँझा सोही गाउँका १३ का लक्ष्मण विकको घटनास्थलमै मृत्यु भएको हो ।

बालकलाई ठक्कर दिने ट्याक्टर र चालक कसम पुन मगरलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।

चामिद्वारमा बालवा झारे बुर्तिबाङ फर्किदै गरेको ट्याक्टरले विकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बालक भने बारीमा मल फालेर घर फर्कदै गरेको खड्काले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *