लायन्स क्लबको तेस्रो क्याबिनेट बैठक सम्पन्न


आदर्श अनलाइन, बागलुङ
लायन्स क्लबको इन्टरनेश्नले डिस्ट्रीक ३२५ जे को तेस्रो क्याबिनेट बैठक शनिबार बागलुङमा सम्पन्न भएको छ । शुक्रबार देखि शुरु भएको बैठकको मुख्य दिन शनिबार बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो ।



उहाँले देशभरका लायन्सहरु बागलुङमा आउदा पर्यटन प्रर्बद्धनमा ठूलो सहयोग पुग्ने बताउनुभयो । बैठककोे आयोजनाले यहाँको पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा पनि टेवा पुग्ने र बागलुङका धार्मिक पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लबको इन्टरनेश्नले डिस्ट्रीक ३२५ जे का डिस्ट्रीक गभर्नर ध्रुब श्रेष्ठले निस्वार्थ सामाजि सेवाभावले लायन्स क्लबको स्थापना भएको बताउनुभयो । कार्यक्रममा फस्ट भिपी हरि मरहठ्ठा, पूर्व गभर्नर ध्रुव थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन डिस्ट्रीक सेक्रटरी मधुसुदन कोईरालाले गरेका थिए । कार्यक्रममा उत्कृष्ट लायनहरुलाई विभिन्न अवार्डले सम्मान गरिएको थियो ।


उक्त अवसरमा बागलुङका १० वटै पालिकाका धार्मिक तथा पर्यटकीय सम्पदाहरुको प्रचार प्रसारका लागि बागलुङ लायन्स स्मारिका तयार गरेर विमोचन गरिएको प्रचार प्रसार संयोजक श्रीकृष्ण पौडेलले बताउनुभयो । तेस्रो क्याबिनेट बैठकमा सहभागी हुनका लागि देशका विभिन्न ठाउँबाट लायन्स क्लब डिष्ट्रीक ३२५ जे अन्तर्गत आवद्ध क्लबहरुबाट ७०० प्रतिनिधि बागलुङ आएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *