गलुवा ढाडखर्क प्राविको ६३ औँ वार्षिकोत्सव सम्पन्न

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–१० स्थित गलुवा ढाडखर्क प्राथमिक विद्यालयको ६३ औ वार्षिकोत्सव सम्पन्न भएको छ ।

फागुन ९ गतेबाट विविध कार्यक्रमसहित शुरु भएको वार्षिकोत्सव समापन समारोहको उद्घाटन नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले विद्यालयको शैक्षिक विकास, गुणस्तरीय शिक्षा र बालमैत्री शिक्षाका लागि सवैको सहकार्य र सहयोग आवश्यक हुने बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष तिलबहादुर थापा, वडा सदस्य मनबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार जगन्नाथ शर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष झरना जिसी, भैरव आमा समुहका अध्यक्ष रिमा भण्डारी र चन्दादाता बसन्त मल्लले मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धनकुमारी गौचनले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा २०७८ सालको वार्षिक परिक्षाको पुरस्कार वितरण गर्नुका साथै कर्णबहादुर जिसीको अक्षय कोषबाट विद्यार्थीलाई नगद तथा पोषाक वितरण गरिएको थियो ।

बागलुङ कालिका बुक्स एण्ड स्टेशनरीका महेन्द्र प्रकाश शर्माले उपलव्ध गराउनु भएको शैक्षिक सामाग्री बिद्यार्थीहरुलाई प्रदान गरिएको थियो । विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेको कार्यक्रममा अक्षय कोषदाता, चन्दादाता एवं संरक्षकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविश्वर पाध्याको अध्यक्षता, शिक्षक राजकुमार सुवेदीको स्वागत र शिक्षक रुद्रप्रसाद पौडेलको संचालनमा सम्पन्न भएको प्रधानाध्यापक धनकुमारी गौचनले जानकारी दिनुभयोे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *