जिल्ला स्तरीय हाजिरजवाफ प्रतियोगितामा प्रकाश मावि पहिलो

आदर्श अनलाइन, म्याग्दी
न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयको युवा रेडक्रस सर्कलले आयोजना गरेको जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयले पहिलो स्थथान हासिल गरेको छ ।

बेनी बजारको प्रकाश मावि पहिलो भएको प्रतियोगितामा बेनी सामुदायिक माध्यमिक विद्यालय दोश्रो, माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय तेश्रो र न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा सहभागी पहिलो हुनेले आठ हजार, दोश्रोले पाँच हजार, तेश्रोले तीन हजार र सान्त्वना स्थान हासिल गर्ने विद्यालयले एक हजार पाँच सय रुपियाँ नगद, प्रमाणपत्र र गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गरेका थिए ।

जिल्ला भित्रका १३ वटा विद्यालयहरुको सहभागीता रहेको प्रतियोगिताको सञ्चालन न्यू वेष्ट प्वाइन्ट आवासिय मााविका भाईस प्रिन्सिपल कृष्ण बहादुर जिसीले गर्नुभएको थियो । अर्का भाइस प्रिन्सिपल तथा अतिरिक्त क्रियाकलाप संयोजक सरोज लकान्द्रीको सुपरभिजन तथा युरेस, न्यू वेष्ट प्वाइन्टका शिक्षक नायक सुदीप श्रेष्ठको संयोजनमा सञ्चालित उक्त हाजिरी जवाफ प्रतियोगितामा नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखाका सभापति अमर बानियाँको उपस्थिति रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटीका सभापति बानियाँले सिर्जनात्मक र सेवामुलक कार्यका लागि प्रेरणादायक काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले आगामी दिनहरुमा पनि सकारात्मक सामाजिक कार्यका लागि लाग्नु पर्ने बताउँदै अग्रमोर्चामा रहेर काम गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

यो पनि पढ्नुहोस्