‘अराजकता चिर्न मिसन ग्रासरुट’

आदर्श अनलाइन, म्याग्दी
नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले एमाले पार्टीको चुनौतीको रुपमा रहेको दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्यका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताउनुभयो । धौलागिरी गाउँपालिकाको ताकममा मिसन ग्रासरुट अभियानसम्बन्धी कार्यक्रममा गौचनले उक्त कुरा बताउनुभएको हो ।

एमाले केन्द्रीय सदस्य गौचनले मिसन ग्रासरुट अभियानको माध्यमबाट नेता, कार्यकर्तालाई पार्टी र विभिन्न विषयहरुको बारेमा तल्लो तहसम्म पुगेर प्रशिक्षण दिएर प्रतिबद्ध बनाइने बताउनुभयो । उहाँले पार्टी प्रशिक्षणको माध्यमले अवसरवादमुक्त बनाउन अभियान सञ्चालन गरिएको भन्दै पार्टीको विधि र विधानभन्दा बाहिर गएर काम गर्नेलाई पहिलो चरणमा शिक्षा दिइने तथा नसुध्रिएको खण्डमा पार्टीमार्फत अन्य विकल्पहरु अपनाइने बताउनुभएको थियो ।

सोही कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले जनमतको हिसाबले देशको पहिलो पार्टी एमाले भएको बताउनुभयो । उहाँले भन्नुभयो सिट सङ्ख्याको हिसाबमा नेकपा एमाले अलिकति सानो देखिएको होला तर समग्र पपुलर मत हेर्दा एमाले नै पहिलो पार्टी हो ।

ग्रासरुट अभियानमार्फत जनताको घरदैलोमा पुगेर एमालेले सरकारमा रहँदा गरेका राम्रा कामहरुको प्रचारप्रसार गरिने र सङ्गठन सुदृढीकरण तथा विस्तारलाई जोड दिइने जानकारी दिनुभयो । कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य खुमबहादुर बानियाँ, पार्टी जिल्ला उपसचिव थमसरा पुन र सचिवालय सदस्य एवं प्रदेश (ख) समन्वय कमिटी संयोजक खरमाया बिटालुको उपस्थिति रहेको थियो ।

एमाले धवलागिरि गाउँपालिका कमिटीका कार्यवाहक अध्यक्ष रेशम छन्त्यालको अध्यक्षता र ताकमको वडा कमिटी सचिव तेजेन्द्रबहादुर थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा पालिका कमिटी उपाध्यक्ष राजाराम सुवेदीले स्वागत गर्नुभएको थियो । उक्त वैठकद्वारा दुई महिनाको अवधिमा पालिकाभित्र वडा र टोलमा पुगेर पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तारसम्बन्धी विषयमा आवश्यक कार्ययोजना निर्माण गरिएको छ । कार्यक्रममा पालिका कमिटीका पदाधिकारी, सदस्य, वडा कमिटी अध्यक्षहरु र अगुवा नेता तथा कार्यकताले सहभागिता जनाएका थिए ।

नेकपा एमालेले फागुनबाट सुरु गरेको दुई महिने ग्रासरुट अभियानसम्बन्धी विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको आयोजनामा भएको कार्याक्रममा एमालेको मिसनको बारेमा जानकारी गराइएको थियो । उक्त अवसरमा धवलागिरि गाउँपालिकाको वैठक तथा मिसन ग्रासरुट र पार्टी सुदृढीकरण एवम् सङ्गठन विस्तार अभियान–२०७९ को विषयमा अभिमुखीकरण गराइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *