बेनीमा सांकेतीक भाषा तालिम शुरु

आदर्श अनलाइन, म्याग्दी
बहिरा संघ म्याग्दीको आयोजनामा बेनीमा सांकेतीक भाषा तालिम शुरु भएको छ । सांकेतिक भाषा सिकौं, बहिराहरुसँगको सञ्चारमा सहयोगी बनौं भन्ने नाराका साथ शुरु भएको २५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नु भएको छ ।

बेनी नगरपालिका भित्रका कर्मचारी तथा सरोकारवालाहरुको सहभागिता रहेको सांकेतीका भाषा तालिमले बहिराहरुको सञ्चारलाई राज्यको निकाय सम्म प्रभावकारी तबरले पु¥याउन मद्दत गर्ने नगर प्रमुख केसीको भनाई थियो । केसीले नगरपालिकाले राज्यले आरक्षण तोकेका मात्रै नभएर सबै नागरिकको पक्षमा हामी सबै लाग्नु पर्ने बताउँदै भाषाको कारणले कसैलाई समस्या नहोस भनेर यो तालिमका लागि पहल गरिएको बताउनुभयो ।

म्याग्दी बहिरा संघका उपाध्यक्ष लोकेस खड्काको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा गैरसरकारी संस्था महासंघका अध्यक्ष दिपक पौडेल, बागलुङ बहिरा संघका अध्यक्ष सन्तोष पौडेल, सांकेतीक भाषा प्रशिक्षक भानु बिकको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन धौलागिरी माध्यमिक विद्यालयका सांकेतीक भाषा शिक्षक संकर पाण्डेयले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *