बागलुङमा ४१ औं मगर दिवस मनाइयो

आदर्श अनलाइन, बागलुङ
नेपाल मगर संघ बागलुङले ४१ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस बिभिन्न कार्यक्रम गरि मनाएको छ । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा नेपाल मगर संघ बागलुङले परम्परागत भेषभुषासहितको ¥याली प्रदर्शनी तथा सोरठी, कौडा, सालैजो र घाटु नाचसहित मनाएको हो ।

संघले स्थापना दिवसको अवसरमा संघको सक्रियतामा निर्मित भवनको समेत उद्घाटन गरेको छ । भवन सहित कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापाले गर्नुभएको थियो । उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै उपसभामुख थापाले नेपाल बहुसांस्कृतिक मुलक भएको बताउदै मगरहरुको एकता सदैव कायम रहन आवश्यकता रहेको बताउनुभयो । उहाँले भाषा संस्कृतिको संरक्षण र पहिचानका लागि सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बागलुङबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने मगर समुदायका उपसभामुख बिनाकुमारी थापा, सांसद दिपेन्द्र थापा, लिलबहादुर थापा, कुशुम बुढा, जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढा, अग्रजहरु, भवन निर्माणका लागि सहयोग गर्ने चन्दादाता, निर्माण समिति, आर्थिक संकलन समिति र स्वरठी संरक्षण गर्नेलाई सम्मान गरिएको थियो ।

No description available.

कार्यक्रममा सांसद दिपेन्द्र थापा, लिलबहादुर थापा, कुशुम बुढा, जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढा, र लाङ्घाली परिवारका संस्थापक महासचिव केवि राना मगरले मंतव्य व्यक्त गर्नु भएको थियो ।

No description available.

कार्यक्रम नेपाल मगर संघका जिल्ला अध्यक्ष गणेश थापा मगरको अध्यक्षता, सचिवालय सदस्य जमुना श्रीस मगरको स्वागत र सचिव श्याम पुन मगरको संचालनमा सम्पन्न भएको थियो ।

No description available.
No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *