बागलुङमा एक दिने अपांगता, समावेशी र बिकास योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण सम्पन्न

आदर्श अनलाइन बागलुङ

राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशले प्रदेशका स्थानीय तहका जनप्रतिनिधिलाइृ अपांगता, समावेशी र बिकास योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम थालेको छ ।

पहिलो चरणमा महासंघले बागलुङमा धौलागिरि क्षेत्रका बिभिन्न १८ पालिकाका उपप्रमुख÷उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र समावेशी हेर्ने शाखाका प्रमुख समेतलाई अभिमुखीकरण गराएको हो ।

सोमबार भएको अभिमुखीकरणमा अपांगतालाई कसरी समेट्ने, योजना निर्माणमा अपांगता भएका व्यक्तिहरुको अपनत्व कसरी बिकास गर्ने भन्ने बिषयमा प्रस्तुतीकरण गरिएको थियो । त्यस्तै अपांगको परिभाषा, अवधारणा, मोडल, स्थानीय तहको योजना तर्जुमा सम्बन्धी बिद्यमान कानूनी प्रावधान तथा अपांगता समावेशी योजना तर्जुमाका असर अभ्यास समेत छलफल गरिएको थियो । कार्यक्रममा अपांगता भएका व्यक्तिले सामना गरेका बिद्यमान चुनौती, अबरोध र समाधानका उपाया बारे पनि प्रस्तुतीकरण गरिएको थियो ।

उक्त अबसरमा महासंघको गण्डकी प्रदेश अध्यक्ष खोमराज सुवेदी र सहसचिव टिकाराम सापकोटाले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा उपस्थित भएका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले केही काम गरेपनि योजनाबद्द रुपमा गर्न नसकेको भन्दै अभिमुखीकरणले सहजीकरण भएको बताए ।

पछिल्लो समय स्थानीय तहले अपांगता परिचय पत्र बितरणको काम थालेको छ । यस अघि महिला बिकास कार्यालयबाट बितरण हुने पुरानो मोडलको परिचयपत्र फेरिएको छ । बितरण गर्दा कार्यविधिले अप्ठ्यारो परेको समेत जनप्रतिनिधिले बताए ।

कार्यक्रममा बिकास निर्माणको काम मात्र नभइ महिला, दलीत र अन्य क्षेत्रको योजना निर्माणमा पनि अपांगता भएकाहरुको अधिकार र पहुचको ख्याल गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा धौलागिरि क्षेत्रका अधिकांस पालिकाका उपप्रमुख, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत गरि ५० जनाको सहभागिता रहेको थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *