बागलुङ जेसीजको तालिम अभियान

आदर्श अनलाइन बागलुङ

युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीजले बिद्यार्थीहरुका लागि बिभिन्न तालिम संचालन गरेको छ ।

बागलुङ जेसीजको बर्ष २०२३ को तालिम अभियान अन्तरगत बिभिन्न बिद्यालयमा बिद्यार्थीहरुका लागि बिभिन्न तालिम संचालन गरेको हो । अभियान अन्तरगत मंगलवार चिल्डे«न लाइफ वोडिङ स्कुलका बिद्यार्थीहरुलाई भविश्यको परिकल्पना सम्वन्धी तालिम दिएको थियो ।

कक्षा ११ र १२ का १ सय ५० जना सहभागि बिद्यार्थीलाई बिश्वबिनोद घिमिरेले सहजीकरण गर्नु भएको थियो । कार्यक्रम बागलुङ जेसीजको बर्ष २०२३ का अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता र तालिम संयोजक सोनी कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

यसअघि सोमवार बिद्यामन्दिर माविका बिद्यार्थीहरुलाई बागलुङ जेसीजका कार्यकारीणी उपाध्यक्ष गणेश महतोले बिद्याथीको औचित्यको बिषयमा र धौलागिरि बहुमुखी क्याम्पसका महिला बिद्यार्थीलाई बिश्वबिनोद घिमिरेले आत्मसुरक्षा सम्वन्धी तालिम दिनुभएको बागलुङ जेसीज वर्ष २०२३ का महासचिव अञ्जिला श्रेष्ठले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *