जिल्ला स्तरीय कबड्डी प्रतियोगिताको उपाधि बागलुङ नगरपालिका (चिल्ड्रेन लाईफ)लाई

रोहन जि.सी बागलुङ

जिल्ला स्तरीय एघारौंँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्र्तगतको कबड्डी खेलको उपाधि बागलुङ नगरपालिका (चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल) ले जितेको छ ।
बागलुङको बाङ्गेचौरमा सोमबार सम्पन्न भएको प्रतियोगितामा बागलुङ नगरपालिका (चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल)ले बडिगाड गाँउपालिकालाई १७ अंकको फरक पार्दै उपाधि चुमेको हो ।

रनिङ शिल्ड प्रतियोगिता अन्तरगत कबड्डी छात्र तर्फ बागलुङ नगरपालिका (चिल्ड्रेन लाईफ) प्रथम, बडिगाड गाँउपालिका द्धितीय र काठेखोला गाँउपालिका तृतीय भएकोे जिल्ला खेलकुद विकास समितिका भिमसेन शाक्यले जानकारी दिनुभएको छ । कबड्डी खेलमा प्रथम, द्धितीय र तृतीय हुने विद्मालयलाई क्रमशः ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको छ । आइतबार देखी शुरु भएको प्रतियोगितामा छात्र कबड्डी तर्फ ५ पालिकाको सहभागिता रहेकोे जिल्ला खेलकुद विकास समितिका लोकेन्द्र के.सीले जानकारी दिनुभयो ।

विजेता र उपविजेता पालिकाहरुलाई बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्का लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

त्यस्तै एघारौंँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ मा बागलुङ नगरपालिका प्रथम भएको छ । मंगलबार सम्पन्न खेलहरुमा बागलुङ नगरपालिकाले जिल्लाका अरु नौ वटा स्थानीय तहलाई पछि पार्दै पहिलो स्थान हाँसिल गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *