६७ औं वर्षमा रेश नुन्थला मा.वि

रोहन जि.सी बागलुङ

बागलुङको काठेखोला गाँउपालिका वडा नं. ७ रेश स्थित रेश नुन्थला मा.विको ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।

वार्षिकोत्सव मूल समारोहको उद्घाटन गर्दै काठेखोला गाँउपालिकाका अध्यक्ष राजु थापाले पालिकालाई एउटा उत्कृष्ट शिक्षाको हब बनाउन नुन्थला मा.विको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।

व्यवहारिक शिक्षाका लागि विद्यालयहरुले विशेष ध्यान दिनुपर्ने सुझाव दिँदै अध्यक्ष थापाले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप संगै सामाजिक शिक्षा र कार्यमा निरन्तर जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा काठेखोला गाँउपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेम लामिछाने, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार डिल बहादुर कार्की, चित्र बहादुर कार्की, मिन बहादुर थापा, काठेखोला गाँउपालिकाका श्रोत व्यक्ति रामानन्द कंडेल, विद्यार्थी प्रमिशा गौतम लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा रेश नुन्थला माध्यमिक विद्मालयका प्रधानाध्यापक ओमबहादुर थापाले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रा.वि तहदेखि मा.वि तहसम्मका विभिन्न विधाका उत्कुष्ट विद्यार्थीहरु र शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रसाद थापाको अध्यक्षता, सहायक प्रधानाध्यापक भगवति थापाको स्वागत र शिक्षक डिल कार्कीको संचालनमा सम्पन्न भएको थियो ।
वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम र अतिरिक्त क्रियाकलाप प्रस्तुत गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *