बागलुङमा अनेरास्ववियुको संगठन विस्तार अभियान तीव्र

आदर्श अनलाइन, बागलुङ
स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन नजिकिदै जादा विद्यार्थी संगठनहरु निर्वाचन लक्षित कार्यक्रममा केन्द्रित हुन थालेका छन् । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनलाई लक्षित गरी नेकपा एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले देशव्यापी रुपमा अभियान सञ्चालन गरेको छ ।

निर्वाचन लक्षित बैठक, भेला, अन्तरक्रिया तथा अन्य रचनात्मक कार्यक्रम सञ्चालन गर्नुका साथै विद्यार्थीहरुलाई सचेतना समेत प्रदान गर्दै आइरहेको छ । यसैक्रममा अनेरास्ववियु धौलागिरी बहुमुखी क्याम्पस बागलुङ प्रारम्भिक कमिटिले विभिन्न कमिटि गठन कार्यक्रम सम्पन्न भएको छ । धवलागिरि बहुमुखि क्याम्पस बि एड प्रथम वर्षमा निसान शर्मा को अध्यक्षतामा ४१ सदस्यीय कमिटि गठन भएको छ ।

धवलागिरि बहुमुखी क्याम्पसको बि.बि.एस प्रथम वर्षमा सेलिजा क्षेत्रीको अध्यक्षतामा ३९ सदस्यीय कमिटि गठन भएको छ । अनेरास्ववियु धवलागिरि बहुमुखी क्याम्पस प्रारम्भिक कमिटिका अध्यक्ष अनिल शर्माको अध्यक्षता भएको कार्यक्रममा नेकपा एमाले बागलुङ जिल्ला सदस्य तथा विद्यार्थी इन्चार्ज शेखर खड्का (झलक)ले प्रशिक्षण दिनुभएको थियो ।

स्ववियु निर्वाचन लक्षित कार्यक्रम अन्तरगत धवलागिरि बहुमुखी क्याम्पस कमिटि गठन र संगठन विस्तारको कार्यक्रमलाई विशेष जोड दिइएकोे अनेरास्ववियु बागलुङका अध्यक्ष रोशन जिसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *