आयातित बिषादी तरकारीलाई सिमानामा रोक लगाउन अनेरास्ववियु बागलुङ आन्दोलनमा

आदर्श अनलाइन, बागलुङ

विद्मार्थी आन्दोलनमा सक्रिय, मूल्य वृद्धि लगायतका विरोधमा नेकपा एमालेको विद्मार्थी संगठन अनेरास्ववियु निरन्तर आन्दोलनमा छ । त्यस्तै सरकारले गरेको भारत बाट आयात हुने तरकारीलाई परिक्षण नगर्ने विषयलाई बागलुङमा एमालेको विद्मार्थी संगठन अनेरास्ववियुले सरकारको यस निर्णयलाई विरोध गर्दै प्रदर्शन गरिरहेको छ ।

अहिले सत्ता गठबन्धनका युवा तथा विद्यार्थी संगठनहरुको विरोधमा भारत बाट आयातित बिषादी तरकारीलाई सिमानामा नै रोक लगाउन वा त्यसको निरीक्षण गर्ने विषयमा चुसम्म बोल्न सकिरहेका छैनन ।

“भारत बाट आयात हुने बिषादी तरकारीलाई सिमानामा नै रोकौ, निषेध गरौ, नेपाली जनता र किसानमारा कठपुतली सरकारको भण्डाफोर गरौ” लगायतका नारा लगाउदै विद्यार्थीहरुको विरोधले धौलागिरी बहुमुखी क्याम्पस परिसर नारावाजी गरेका थिए । विरोध आन्दोलनमा अनेरास्ववियु आवद्ध युवा तथा विद्यार्थी नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

धौलागिरी बहुमुखी क्याम्पस गेटमा भएको आन्दोलनमा अनेरास्ववियु केन्द्रिय सदस्य रोशन कुँवर र अनेरास्ववियु बागलुङ जिल्ला अध्यक्ष रोशन जि.सीले सरकारको निर्णयलाई तत्काल फिर्ता लिन माग गदैं जनताको स्वास्थ्य माथि खेलवाड नगर्न चेतावनी दिनुभएको थियो ।

अनेरास्ववियु बागलुङ र अनेरास्ववियु धौलागिरी बहुमुखी क्याम्पस कमिटिको संयुक्त आयोजनामा यो निर्णयलाई विरोध गर्दै आन्दोलनलाई निरन्तरता दिने अनेरास्ववियुका बागलुङका सचिव अनिल शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *