बागलुङमा हिंसा पीडित महिलाका ५० निवेदन

आदर्श अनलाइन, बागलुङ
चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्म अल्पकालिन महिला सेवा केन्द्र बागलुङमा हिंसा प्रभावित महिलाका ५० वटा निवेदन दर्ता भएका छन् ।

आफै सम्पर्कमा आएका २९ र जिल्ला प्रहरी कार्यालय मार्फत आएको २१ गरी ५० वटा निवेदन परेको महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख सरस्वती देवी रेग्मीले जानकारी दिनुभयो । ५० घटना मध्य २० वटा यौनजन्य दुव्र्यवहार रहेको रेग्मीले बताउनुभयो ।

यस्तै घरेलु हिंसा १०, सम्बन्ध बिच्छेद ११, आर्थिक हिंसा ५, बहुविवाह १, हाडनाताकरणी १, अंशमुद्धा १ र बेवारिसे अवस्थामा १ रहेको सेवाकेन्द्र प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

यी घटनामध्ये सबै भन्दा बढि बागलुङ नगरपालिकाका रहेका छन् । बागलुङ नगरपालिकाका १३, जैमुनीका ५, गल्कोटका ३, ढोरपाटनका ४, काठेखोलाका ७, ताराखोला २, बडिगाड ५, निसीखोलाका ४, तमानखोला गाँउपालिकाको १, र अन्य जिल्लाका ६ वटा रहेको रेग्मीको भनाई छ ।

संख्यात्मक रुपमा बागलुङ नगरपालिकाका धेरै उजुरी देखिएपनि अन्यपालिकामा समस्या धेरै रहेको तर जिल्ला सम्म नआएको नगर उप–प्रमुख राजु खड्काले बताउनुभयो । महिला हिंसाकाम घटना न्युनिकरण गर्नका लागि आफु प्रतिबद्ध रहेको उहाँको भनाई छ । उहाँले नगरपालिकाका सबै क्षेत्रमा पुगी हिंसा पीडित महिलाको पहिचान गरी न्याय दिलाउनका लागि सबै सरोकारवाला बिच समन्वय र सहकार्य हुनुपर्ने उहाँले बताउनुभयो ।

यसैबिच बागलुङ नगरपालिकाले यसबर्षको अन्तराष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च लाई भव्यरुपमा मनाउने निर्णय गरेको छ । बागलुङ नगरपालिका अन्र्तगतको महिला तथा बालबालिका कार्यालयमा शुक्रबार बसेको राजनितिक दल र बिभिन्न सघंसंस्थाको बैठकले यहि फागुन २४ गते परेको दिवस लाई परिणाममुखी बनाउने निर्णय गरेको हो ।

यस वर्षको नारा लैङ्गिक समानताको बलियो आधार, सृजनात्मक प्रविधिमा महिला पहुंचको बिस्तार भन्ने रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *